महेन्द्रनगर। चाँदनी बजार क्षेत्र बिकासको लागी श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिले दोधारा चाँदनी नगरपालिका कार्यालयमा बिभिन्न माँग सहित ज्ञापन पत्र बुझाएको छ् । दोधारा चाँदनी नगरपालिका– २ र ४ मा रहेको ।
चाँदनी बजार क्षेत्र बिकासको लागी ४ बुदे माँग सहित दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले जानकारी दिएका छन् ।
बजार क्षेत्रको ढल निकासको ब्यवस्थापन गर्नु पर्ने, फोहर बिसर्जन केन्द्र डम्पिङ साईड स्थापना गर्नु पर्ने, बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्नु पर्ने, बजार क्षेत्रमा कम्तीमा १० थान सोलर बत्ती जडान गर्नु पर्ने माँग सहित दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले बताएका छन् ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर सुनार, पदम रावल, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश दत्त मिश्र, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यक्रम अधिकृत भान देब भट्ट, श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढा, श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका सचिव यम बहादुर क्षेत्री उपस्थिती रहेका थिए ।
Comments are closed.