समाजसेवी मल्लद्धारा क्यान्सर पीडित महिलालाई ६० हजार सहयोग

महेन्द्रनगर । डडेल्धुरा घर भई हाल जापानमा रहेका युवा समाजसेवी विनयप्रकाश मल्लले क्यान्सर पीडित महिलालाई नगद सहयोग गरेका छन् । जिल्लाको अमरगढी नगरपालिका– ७ कि क्यान्सर पीडित जानकी कैनीलाई समाजसेवी युवा विनय प्रकाश मल्लबाट ६० हजार र खलंगा समाज तथा अन्य व्यक्तिहरुबाट प्राप्त २१ हजार ४ सय १० गरि ८१ हजार ४ सय १० प्रदान गरिएको हो ।

शनिबार वडा सचीव शारदा ओझाको रहोबरमा उक्ति रकम हस्तान्तरण गरिएको मल्लले जानकारी दिए । आफु विगत लामो समयदेखी रोग संग लडदै आउको र उपचारमा पनि आर्थिक अभाव रहेको बेलामा मल्ल भगवान बनेर आएको पिडित कैनीले बताइृन् । आफु आर्थिकरुपमा पनि कमजोर रहेको र रोगले पनि च्यापिरहेको बेलामा समस्यामा सहयोग आएको प्रती उनले समाजसेवी मल्ललाई धन्यवाद व्यक्त गरिन् ।

उनले अहिले डडेल्धुरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकिय क्षेत्र, मठमन्दिर निर्माण लगायत एकल महिला, बालबालिका, बिरामी उपचार नपाएकालाई सहयोग गरी स्वस्थ बनाउने काम गरेका छन् । उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् ।

जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् । सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।
समाजसेवी मल्लले जिल्लाको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहनु भएको छ । जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवशर प्रदान गर्न सहयोग गरिरहेको र हालसम्म डडेल्धुरा जिल्लाबाट एक दर्जन बढि युवायुवतीहरु निःशुल्क भिसामा जापानमा रोजगारीका लागि पुगिसकेको मल्लले बताउनु भयो ।

गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत उपलब्ध गराउन थालिएको मल्लले बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले समाजसेवी मल्लको सहयोगका कारण जिल्लाको शैक्षिक गुणस्तर उकास्न टेवा पुगिरहेको बताउनु भयो ।उँहाले समाजसेवी मल्लले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक विकासका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुगाईरहनु भएको जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.