महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा स्तरीय सामुदायिक विपद व्यवस्थापन समितीको लागी तालिम सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका ११,१२ र १३ नम्वर वडाका समितीका सदस्यहरु, खोज उद्धार कार्यदलका सदस्यहरु, प्राथमिक उपचारका सदस्यहरु, वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।
विपद जोखिम न्युनिकरणका लागी पूर्व तयारीका लागी अभिमुखिकरण गरिएको भीमदत्त नगरपालिकाका वन वातावरण फोहर मैला तथा विपद व्यवस्थापन शाखा प्रमुख मनोज प्रशाद भट्टले जानकारी दिए । वडाहरुमा अभिमुखिकरण पछि लाईफ ज्याकेट, मोटर बोट लगायतका विपद पूर्वका सामग्रीहरु वितरणको तयारी पनि रहेको उनले बताए ।यस्तै कार्यक्रमका सभाध्यक्ष एवम वडा नम्वर ११ का अध्यक्ष वन वातावरण फोहर मैला तथा विपद व्यवस्थापनका संयोजक प्रकाश थापाले वडाहरुमा टोल विपद व्यवस्थापन समिती गठन गरेको बताए ।
साथै उनले विपद आएको बेलामा सम्बन्धीत व्यक्तीहरुलाई जानकारी दिने संगठित पार्ने र विपद भएको क्षेत्रमा कसरी प्रतिकार्य गर्ने ? कसरी उद्धार गर्न सकिन्छ भनेर नै समितीलाई तालिम प्रदान गरिएको बताए ।विपदबाट सबै भन्दा प्रभावित हुने भनेकै विपद क्षेत्रका स्थानिय भएकाले उनिहरुलाई शिक्षित र प्रतिकार्य कामको जानकारी सम्बन्धी तालिम दियो भने विपदमा हुने क्षतीमा कमी ल्याउन सकिने बताए । साथै जल उत्पन्न प्रकोप आफनो क्षेत्रमा बढी रहेको बताउँदै उनले विगतका दिनहरुमा पनि धेरै क्षती बेहोर्नु परेको बताए ।
अब हुने विपदका लागी पनि सबैले तैयार रहनु पर्ने बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिका नगर उपप्रमुख निलम लेखकले विपद भनोको बाजा बजाएर नआउने भएकाले जती बेलामा पनि विपद आउन सक्ने भएकाले यो क्षेत्रमा जलबाट बढी क्षती हुने बताईन् ।
साथै उनले विपद हुने क्षेत्रमा महिला दिदि बहिनीहरु ब्ढी प्रभावित हुने भएकाले उनिहरुलार्य पनि यो तालिम दिएपछि उनिहरु सचेत हुने सुरक्षित रहने बताईन् । साथै यो तालिम दिएर उनिहरुलाई विपद पूर्व तैयारीमा साथ दिनका लागी पनि तैयार गरेको बताईन् ।
साथै, विपद आएको बेलामा स्थानियहरुको चाडो भन्दा चाडो उद्धार गर्ने उनिहरुलाई आवस्यक पर्ने सामग्रीहरु प्रदान गर्न सक्नु पर्ने बताईन् । साथै विगतका दिनमा पनि विपद भएको बेलामा महिलाहरु नै बढी सक्रिय भएर काम गरेको उद्धार गरेको आफुले पाएको बताईन् ।
Comments are closed.