महेन्द्रनगर । कञ्चनपुरमा प्रहरीले ५ किलो भन्दा बढी लागूऔषध चरेस पक्राउ गरेको छ । बझाङको केदास्युँ गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय नर बहादुर धामी पक्राउ लागुऔषध चरेशहित पक्राउ परेका हुन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागू औषध नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
शङ्का लागि चेकजाँच गर्दा धामीले बोकिराखेको झोलाबाट लागू औषध फेला पारेको थियो । उनलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.