भीनपाद्धारा पैदल मार्गमा रहेका सामानहरु जफत

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त नगरपालिकाले पैदल मार्गमा रहेको समानहरुलाई जफत गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा पैदल मार्गमा राखिएका सामान भीमदत्त नगरपालिकाले सोमवार जफत गरेको हो । बिभिन्न संचार माध्यम र स्थानियहरुले गरेको गुनाशोको आधारमा र पालिकाले निकालेको सुचनाको अवज्ञा गर्ने पैदल मार्गमा आफना समानहरु राख्ने व्यापारी घरधनीहरुको सामानहरु पालिकाले जफत गरेको हो ।

महेन्द्रनगर बजारका ५ वटै गल्लीमा रहेका घरधनी र व्यापारीहरुले पैदल मार्गमा राखेका सामानहरुलाई नगर प्रहरीले गाडीमा हालेर लगेको छ । पालिकाले बिभिन्न मितीमा पैदल मार्गमा राखेका सामानहरुलाई हटाउनु भन्दै सुचना निकालेको भएपनि घरधनीहरु र व्यापारीहरुले अटेरी गर्दा आज सामानहरु जफत गरिएको नगर पालिकाले जनाएको छ ।

सर्वसाधारणहरु हिँडने पैदल मार्गमा घरधनी र व्यापारीले रजाई गर्न नमिल्ने स्थानिय प्रकाश भण्डारीले बताए । केही ठाउँमा पैदल मार्गमा पर्ने गरी बैंकले घरधनीहरुले आफनो सहजताका लागी सिडी (भय्राङ) को निर्माण पनि गरेको उनले जानकारी दिए । अहिले सडकमा सवारी साधनको चाप पनि बढेको र सडकमा पैदल हिँडदा दुर्घटनाको जोखिम पनि बढने भएकाले नगरपालिकाले गरेको यो कार्य सराहनिय रहेको उनले बताए ।

यो कार्य कडाईको साथ र निरन्तर रुपमा गरिनु पर्ने भन्दै उनले पालिकालाई आग्रह गरे । भीमदत्त नगरपालिकाले पैदल मार्गमा रहेका सामानहरुलाई हटाउनका लागी पटक पटक र केही दिन अगाढी मात्रै सुचना निकालेर पनि जानकारी गराएको नगर उपप्रमुख निलम लेखक ले बताईन् । नगर प्रहरीहरुलाई पनि खटाएर पैदल मार्गको सामानहरु हटाउन आग्रह गरिएको माईकिङ पनि गरिएको भएपनि केही घरधनी र व्यापारीहरुले सहजता गरिदिएको र केही ले भने सुचनाको अबज्ञा गरेको भनेको पनि नमानेपछि सामानहरु जफत गरिएको उनले बताईन् ।

उपप्रमुख लेखकले व्यवसायीहरूले फुटपाथ कब्जा गरेको व्यापक जनगुनासो आएपछि पालिका एक्सनमा उत्रिएको बताइन् । उनले यात्रु हिँड्ने फुटपाथ पनि कब्जा गर्दा पैदल यात्रुलाई समस्या भएको भन्ने जनगुनाशो आएको र मापदण्डविपरीत बनाएका संरचना एवं सामान नियन्त्रणमा लिँदै कारबाही गरिने बताईन् । पटकपटक सूचना आह्वान, अनुरोध एवं अनुनयविनय गर्दासमेत अटेरी गरेपछि बाध्य भएर सामनाहरु हटाउन सुरु गरेको उपमेयर लेखकले बताइन् ।

बजार स्वच्छ, सफा एवं सबैलाई सहज गराउने हाम्रो उद्देश्य रहेको र कसैलाई दुःख दिने भन्ने मनाशय नरहेको उनको भनाई रहेको छ । जफत गरिएको सामानहरुलाई अहिले पालिकाले राखेको र कानुन बमोजिम कारवाही गरि अगाढी बढने र यो कार्यलाई निरन्तरता गरिने उनले बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.