महेन्द्रनगर । वेदकोट नगरपालिकामा दर्ता भएका सहकारीहरुको अनुगमन र नियमन गरिने भएको छ । बेदकोट नगरपालिकाको ५ धरमपुरमा आयोजना गरिएको श्री ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि। को ५औँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बेल्दै कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिका नगर उप प्रमुख तुलसी जोशीले पालिकामा रहेका सहकारीहरुको अनुगमन गरिने बताईन् ।
कार्यक्रममा आफनो भनाई राख्दै प्रमुख अतिथि नगर उप प्रमुख जोशीले समुदायमा सकारात्मक परिवर्तन गर्न आर्थिकरुपमा महिलाहरुलाई शसक्त पार्न सहकारीले अहम भुमिका खेलेको बताईन् । सहकारी संस्थाहरु राष्ट्रकै मेरुदण्डको रुपमा स्थापित भईरहेको सन्दर्भमा राज्यले पनि सहरकारीको उत्थानका लागी कार्यक्रमहरु संचालन गर्नुपर्ने बताईन् । वेदकोट नगरपालिकामा हाल ५४ वटा सहकारी संस्था दर्ता भएको भएपनि नामका लागी नभएर काममका लागी सहकारी संचालन गरिनु पर्ने बताईन् ।
काम नगर्ने सहकारीका नाममा ठगी गर्ने, भागेर जाने सहकारीलाई अनुगमन पश्चात बन्द गर्ने तयारी पालिकाले गरिरहेको बताईन् । र सबै सहकारीले आर्थिक रुपमा कसरी अगाढी बढने योजना कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । सहकारीले आफुले गरेको संघर्षहरु साना साना कामबाट पनि आर्थिक उन्नती गर्न सकिने उत्पादकत्व पनि बढाउन सकिने बताईन ।
सबैमा सामुदायिक विकासको भावना हुनुपर्ने र सहकारीको विकासका लागी सबै शेयर सदस्यहरु समितीका पदाधिकारीहरुले पनि माया गर्नुपर्ने जस्मा कर्जालाई नियमित दिने सहकारीबाट लगेको रकमलाई उद्यममा लगानी गर्ने, व्यापार व्यवसायीहरुलाई बढाउन तर्फ जानुपर्ने बताईन् । साथै पालिकाले विगतका दिनमा पनि बिभिन्न सहकारीलाई कार्यक्रमहरु तालिमहरु प्रदान गरेपछि महिलाहरु आत्मनिर्भर भएको र आर्थिक उपार्जन गरिरहेको जानकारी दिईन् उनले आगामी दिनमा सहकारीलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग पालिकाले गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गरिन् ।
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष रामप्यारी कार्की रावतको सभाध्यक्षता र विशिष्ट अतिथि वेदकोट नगरपालिका वडा नं। ५ का अध्यक्ष चित्रदेव भट्ट , अतिथिहरु वडा सदस्य,राजनीतिक दलका प्रतिनिधिहरु,सहकारी संस्थाका पदाधिकारी,समाजसेवी बुद्धिजीवी,सहकारीका शेयर सदस्य, समेतको सहभागिता रहको थियो ।
Comments are closed.