कञ्चनपुरमा पार्किङ गरेको मोटरसाइकल चोर्ने एक जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने एक जना युवक पक्राउ परेका छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका(१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामी पक्राउ परेका हुन्। चोरी भएको से ५ प ६३९७ नम्बरको मोटरसाइकलसहित उनलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ।

प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी(२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी(३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरी भएको थियो। सो मोटरसाइकलसहित धामी हिजो पक्राउ परेका हुन् ।

सम्बन्धित

Comments are closed.