दोधारा चाँदनीको कुतियाकवर बस्ती जोगाउन पक्की तटबन्ध निमार्ण हुने

पप्पु गुरुङ

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० मा रहेको कुतियावकर बस्ती जोगाउन पक्की तटबन्ध निर्माण हुने भएको छ । जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जानकारी दिएकी छन् ।

जनताको तटबन्ध कार्यक्रम अनुसार कुतियाकवर क्षेत्रको जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य सुरु गरिएको उपमेयर जोशीले बताएका छन् । बिगतका दिनहरुमा निमार्ण कार्य गर्न नसकेको कारण यस वर्ष निमार्ण कार्य अघि बढाईएको बताईएको छ । कुतियावकर झोलुङ्गे पुल क्षेत्रमा झण्डै २ सय मिटर पक्की तटबन्धको कार्य तिब्र गतीमा संचालन भईरहेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर जोशीले बताएका छन् । निमार्ण कार्यको जिम्मा जोशी बिल्ड्रर्सले लिएको छ ।

निमार्ण कार्यको अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, नेपाली काग्रेंसका युवा नेता मदनलाल सुनार, दोधारा चाँदनी नगरपालिका कार्यालयका ईन्जिनियर दिपेन्द्र भट्ट, जोशी बिल्ड्रर्सका प्रोपराईटर गणेश जोशी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । नेपाली काग्रेंसका युवा नेता मदनलाल सुनारले कुतियाकवर बस्ती जोगाउन थप तटबन्ध निमार्ण कार्य गर्नु पर्ने आवश्यक रहेको बताएका छन् ।

बस्ती जोगाउनको लागी संघिय र प्रदेश सरकारलाई गुहार समेत गर्दै आएको नेता म्दनलाल सुनारले बताएका छन् । ‘हामीले संघिय र प्रदेश सरकारलाई कुतियावकर बस्ती जोगाउनको लागी थप तटबन्ध निमार्णको माँग राख्दै आएका छौं’ नेता मदनलाल सुनारले भने ।

तटबन्ध निर्माणको कार्यलाई थप गर्न नसकेमा बस्तीमा ठुलो बाढी सम्भावना रहेको स्थानिय टेक बहादुर सुनारले बताएका छन् । निमार्ण भईरहेको पक्की तटबन्धले बस्ती जोगाउने कार्यमा निकै सघाउ पुग्ने स्थानियबासी टेक बहादुर सुनारको भनाई रहेको छ् ।

सम्बन्धित

Comments are closed.