बाजुरा चेतन हत्या : सर्वोच्चका न्यायाधीशलाई कारबाहीको माग

महेन्द्रनगर । बाजुराको त्रिवेणी नगरपालिकामा भएको चेतनदीप अयडी हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन परेको छ। २०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो।

सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई यही पुष २० गते शुक्रबार साधारण तारेखमा छाडेको छ। हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै मृतकका बुबा गगने अयडीले सभामुखलाई सम्बोधन गरिएको पत्र संसद सचिवालयमा बुझाएका छन् ।

प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो। उक्त आदेशमा न्यायधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ । २०७९ मंसिर ४ गते चेतन अयडीको सुतिरहेको अवस्थामा हत्या भएको थियो ।

त्यसपछि मृतकका बुबाले प्रहरीले कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए। जिल्ला अदालतले पुस ५ गते थुनछेक आदेश गर्दै थुनामा पठाउने निर्णय गरेको थियो । उच्च अदालत दिपायलले २०७९ फागुन ४ र २०८० असार ३ गते जिल्लाको आदेश सदर गरेको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.