बाजुराको कोल्टी विमानस्थलमा सुत्केरी महिलाको मृत्यु

महेन्द्रनगर । बाजुराको कोल्टी विमानस्थलमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । हुम्लाको ताजाकोट गाँउपालिका वडा नम्बर ५ की २३ बर्षकी अंशु बुढाको हवाई जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा मृत्यु भएको हो ।  दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरुका लागी निःशुल्क हवाई उद्धारको कार्यक्रम लागु भएको भएतापनि समयमा उद्धार नहुँदा उनको विमानस्थलमा नै ज्यान गएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५–७६ देखी दुर्गभ पहाडी तथा हिमाली क्षेत्रमा गर्भवति तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याएर गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको छ ।

तर समयमा नै सरकारी निकाय बिचमा समन्वय हुन नसक्दा सुत्केरी भएको १३ दिन पछि रक्त अल्पताले थलिएकी बुढाको समयमा नै उपचार हुन नसकेपछि ज्यान गएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.