जिल्ला अस्पताल बझाङमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया

महेन्द्रनगर । जिल्ला अस्पताल बझाङमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया गरिएको छ । तल्लो पेट दुख्ने ,महिनाबारी गढबढी, महिनाबारी हुदा रगत अत्यधिक बग्ने लगायत समस्याबाट ग्रसित केदारस्यु गाउपालिका वडा नमबर ३ की ४० वर्षीया महिलाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कबिता शाह नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कबिता शाह ,नाक कान घाटी बिशेषज्ञ डा धिरज बिशँख, कमल जोशी,आशा कठाएत,साधना खड्रका लगाएत स्वास्थ्यकर्मी शल्यक्रियामा सम्मिलित हुनुहुन्थ्यो । सल्यक्रीया गरीएकी महिलाको अबस्था सामान्य रहेको जिल्ला अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा शाहले बताईन् ।

भारतमा पाठेघरको चेक गर्दा पाठेघरमा मासु पलाएकाले अपे्रशन गर्नुपर्ने डाक्टरहरुले भनेको भएपनि श्रिमानले नमानेको र ’लामो समयदेखि औषधिउपचार गर्दा पनि निको नभएपछि केहि दिन अगाढी महिला जिलला अस्पतालमा पुगेकि थिइन । जिल्ला अस्पतालमा अल्ट्रासाउन्ड गर्दा उमेर अनुसार नभएर पाठेघरको आकार ठुलो हुनुका साथै मासु पलाएर क्यान्सर हुने लक्षण देखिएपछि पाठेघरको अपे्रसन गरीएको डा शाहले बताईन् ।

अरु भन्दा जिल्लामा रगतको अभाब हुने गरेकाले जसो तसो अगाढी रगतको खोजी गरीएको समेत उहाको भनाइ छ । महिलाको पाठेघरको दुबै अण्डकोस फाले पछि बिभिन्न समस्या देखिने र उमेर कलिलै भएकाले आफुले एक अण्डकोष मात्र फालेको डा शाहले भन्नुभयो । यस्तो शल्यक्रिया जिल्ला अस्पतालमा नै पहिलो पटक भएको अस्पतालका सुचना अधिकारी गँगा जोशीले बताईन् ।

यो पाठेघरको समस्यामा गरिने मेजर शल्यक्रिया हो, दक्ष चिकित्सक, तालिम प्राप्त स्वास्थ्यकर्मी र उपकरण व्यवस्थापन पछि सफलता पूर्वक शल्यक्रिया सेवा सुरु भएको छ , यसअघि पाठेघरको शल्यक्रियाका लागि धेरै रकम खर्च गरेर बिरामीलाई ठूला अस्पताल पठाउनुपर्ने अवस्था थियो । अब भने जिलला अस्पतालमा नै सहज रुपमा पाठेघरको उपचार हुने उनले बबताईन् । हाल जिल्लामा बालरोग बिशेषज्ञ,नाक कान घाटी रोग बिशेषज्ञ,स्त्रीरोग बिशेषज्ञ, हाडजोर्नी बिशेषज्ञ सहितको सेवा प्रदान गरीन थालीएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.