महेन्द्रनगर । कञ्चनपुरको वेदकोटमा रहेको श्रि बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफनो दोस्रो सधारण सभा सम्पन्न गरेको छ । बुधवार वेदकोट नगरपालिका ७ गाउजीमा रहेको सुडा खानेपानीको प्राङगणमा कार्यक्रमको आयोजना गरिएको थियो । सहकारीले २०६० सालेदेखी १५ देखी १६ जना स्थानियहरुले नगद ५ रुपैँया जम्मा गदृै बैजनाथ भजन किर्तन समुह विस्तार गर्दे अहिले यो स्थानमा ल्याउन सफल भएको कार्यक्रमका सभाध्यक्ष एवम सहकारीका अध्यक्ष मञ्जु सिंहले बताईन् ।
स्थापन समयमा महिला भजन किर्तन समुह निर्माण गरीए पछि आएर समावेशी भजन किर्तन समुह बनाएर स्थानिय स्तरका अग्रज व्यक्तीत्वहरुको सहयोगमा यो सहकारीले फडको मारेको उनले बताईन् । त्यो त्याग र तपश्याले गर्दा १ सय ४० जनाको समुहले सहकारी बनाउने सोच र अवधारणा राख्दै अगाढी बढदा २०७७ फागुन २७ गते पहिलो भेला बसी सहकारीका लागी सबैको सहमती पश्चात दोस्रो भेला २०७८ श्रावण २२ गतेका दिनमा सहकारी दर्ताका लागी फाईल अगाढी बढाईएको र २०७८ भाद्र २० गते सहकारीको फाईल प्रदेश मन्त्रालयबाट बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रक्रियागत ढंगबाट दर्ताको प्रमाणपत्र प्राप्त गरिएको ईतिहास सहकारीका अध्यक्ष सिंहले प्रश्ट पारिन ।
“आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी” भन्ने मुल नाराका साथ २०७८ मा १ सय ६ जना सदस्यबाट २१ लाख १८ हजार ७ सय रकम संकलन संचालन सुरु गरिएको उनले जानकारी दिईन् । साथै, सहकारीका सदस्यहरुलाई बिभिन्न आयआर्जन मुलक तालिमहरु दुना टपरी बनाउनेमा १ सय जना, डोको बनाउने तालिममा ५० जना, नाङलो तालिममा ५० जनालाई सहभागी गराईएको छ ।
साथै बिरामी भएर थला परेकालाई ५ हजार, हात्ती आक्रमणमा घाईतेलाई ५ हजार, घर बनाउन ५ हजार, अपाङगता भएका सदस्यलाई बिभिन्न तालिम र नगद २० हजार सहयोग गरिएको सहकारीका अध्यक्ष सिंहले बताईन् । यस्तै, सहकारीले प्रधान मन्त्री कृषी आधुनिकिरकण परियोजना मार्फत बेदकोट नगरपालिकाको अनुदानमा गहुँ पकेट कार्यक्रम अन्तरगत संस्थाका कृषक सदस्यहरुलाई पावर टिलर, मिनि टिलर, स्प्र टंकी, सिड ड्रम, ठेला, कृषीऔजारहरुपनि वितरण गरेको छ ।
सहकारीको आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म शेयर सदस्य संख्या १ सय ९४ जना, शेयर पूँजी ३३ लाख ३८ हजार ८ सय रुपैँया रहेकोमा हाल वुद्धी भएर ३५ लाख ५३ हजार ३ सय रुपैँया रहेको छ । पौष सम्म कर्जा लगानी १ करोड ६७ लाख ५१ हजार ९ सय ८० रुपैँया रहेको छ भने, कर्जा असुली १ करोड १० लाख ७५ हजार ३ सय ८८ रुपैँया रहेको छ । यस्तै बाँकी कर्जामा ५६ लाख ७६ हजार ५ सय ९१ रुपैँया रहेको छ भने, हाल सम्म कारोबार रकममा ४ करोड ७५ लाख ९९ हजार ३ सय ७३ रुपैँया रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफुले जन्माएको सहकारीले सुदूरपश्चिममा आफनो बेग्लै पहिचान बनाउने उदेस्य लिएर काम गरिरहेको प्रति गौरब महसुस भएको बताईन् । बैजनाथ भगवानको नामले खोलिएको यो सहकारीले सबैको भलो गराउने सबैको उन्नती गराउने र आध्यात्मीक भावना जगाउने खालको निर्माण भएको बताईन् ।
सहकारीमा सुशासनका सिद्धान्तको आधारमा अगाढी जानुपर्ने बताँउदै सहकारी र व्यक्ती स्वयममा पारदर्शी र जवाफदेहिता पनि हुनुपर्ने बताईन । संस्था बनाउन व्यक्ती स्वयम पनि आफनो आँचरण, जिम्मेवारी कर्तव्यनिष्ठ अनुसासीत, जावफदेही हुनु पर्ने बताईन् । संस्थामा आन्तरिक सुशासन हुनु पर्ने, बाह्य सुशासन हुनु पर्ने वैयक्तीक सुशासन हुन जरुरी रहेको बताईन् । स्थानिहरु, शेयर सदस्यहरु शुभ चिन्तकहरुले गरेको माया स्नेहले नै गर्दा सहकारीले आफनो पहिचान, सफलता र विश्वास जित्दै अगाढी बढी रहेको जिकिर गरिन् ।
“अहिले यो सहकारीलाई यो स्थानमा पुय्राउने भनेकै स्थानिय र शेयरदाता हरु हुन” उनले भनिन, “अहिले सबैले सहकार्य भावनाबाट अभिप्रेरित भई सहकारीलाई जोडेर आपसी सहयोग सदभाव कायम गरि अगाढी लैजानु पर्दछ” । यो सहकारीमा जोडिएका सम्पुर्ण शेयर सदस्यहरुले सहकारीलाई माया सदभाव आपसी सहयोग गर्नु भयो भने मात्रै सहकारीको अस्तित्व कायम रहने र सुदूरपश्चिममा आफनो नाम राख्न सफल हुने बताईन् ।
विगतलाई हेर्ने हो भने सानो पूँजीबाट आफनो यात्राको सुरुवात गरेको सहकारीले अहिले करौँडौ रुपैँयाको कारोबार गरिरहेको प्रती आफुलाई सन्तुष्टी लाग्ने र गर्व महसुस हुने बताईन् । साथै उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट रिणी १ जना, जेष्ठ नागरिक १ जना, पत्रकार १ जना, वेदकोट उपप्रमुख , कृषी शाखा प्रमुखलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो