कञ्चनपुरका पत्रकार सिनाल सहकारीद्धारा सम्मानित

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाललाई एक सहकारीले सम्मान गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको श्रि बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकारिता क्षेत्रबाट सहकारीको क्षेत्रमा पु¥याएको उल्लेखनीय कदमको उच्च मुल्यांकन गर्दै उनलाई वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेकी थिईन् ।

सहकारीले आफनो दोस्रो सधारण सभाको उपलक्ष्यमा पत्रकार सिनाललाई सम्मान गरेको हो । सहकारीको आर्थिक गतिबिधी, सहकारीद्धारा संचालित बिभिन्न कार्यक्रमहरुको समाचार मार्फत प्रचार प्रसार तथा प्रवद्धन गर्न पत्रकारिता तथा सञ्चार माध्यम मार्फत उलेख्य भुमिका निर्वाह गरे वाफत पत्रकार सिनाललाई सम्मान गरिएको कार्यक्रमका सभापती एवम सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिईन् ।

साथै आगामी दिनमा पनि विगतको झै सहकारीका बिभिन्न गतिविधी विकाससँगै आर्थिक गतिबिधीको विषयमा शसक्त भएर कलम चलाउन उनले आग्रह गरीने, साथै उनले पत्रकार सिनालको भविश्यमा उत्तरोत्तर प्रगतीको कामना पनि गरिन । सिनालले पत्रकारिता ०६३ सालदेखी सुरुवात गरेका हुन् ।

२०६५ देखी २०७० सम्म डडेल्धुराको सामुदायिक रेडियो अमरगढीमा समाचार प्रमुख र हिलटाईम्स दैनिक पत्रिकामा ०७० देखी ०७२ सम्म अतिथी सम्पादकको रुपमा काम गरेका थिए । यस्तै ०७२ देखी ०७८ सम्म कञ्चनपुरमा रहेको रेडियो महाकालीमा समाचार प्रमुखको जिम्मेवारीमा रहेर कार्य गरेका थिए भने, कञ्चनपुरबाट प्रकाशन हुने मानसखण्ड दैनिक पत्रिकामा पनि काम गरेका छन् ।

अहिले सिनाल कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएम र बाह्रसिंगा एफएममा समाचार प्रमुख र शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकामा उप सम्पादकको रुपमा कार्यरत रहेका छन् ।

 

सम्बन्धित

Comments are closed.