पेसवानले आयोजना गरेको आँखा शिविरबाट ४ सय बढी लाभान्वित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ मा आँखा शिविर सम्पन्न भएको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा सिविर सम्पन्न भएको हो ।

भीमदत्त नगरपालिका २ को सरस्वती मावीको प्राङगणमा आँखा शिविर सम्पन्न भएको पेसवानका सदस्य दमन चन्दले जानकारी दिएका छन् । उक्त आँखा शिविरबाट ४ सय ३७ जनाले सेवा लिएको र ७२ जनाको आँखाको शल्यक्रिया गरिने र जसमध्ये ४० जनालाई सर्जरी गर्न भोली नै धनगढी लैजाने उनले बताए । उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् ।

साथै उक्त शिविरमा ९४ जनालाई निशुल्क चश्मा पनि प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष उत्तम भट्टले ४ सय ३७ जनाको पर्चाको रकम वडाले स्वयम बेहोर्ने बताए । च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले पर्चा वाफत २५ रुपैँया लिने गरेकोमा सबै रकम वडाले दिने अध्यक्ष भट्टले बताए ।

उनले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए । साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरे ।

संस्थाका सदस्य दमन चन्दले पौष २६ गते वडा नम्वर १३ को सिद्धनाथ मावीमा,२७ गते वडा नम्वर ७ को महाकाली जनसेवा मावीमा पनि आँखा शिविर गरिने बताए । साथै उनले, माघ भित्र सबै वडामा आँखा शिविर संचालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

सम्बन्धित

Comments are closed.