भीनपा–६ वडाध्यक्ष मृत्यु : शव पोष्टमार्टमका लागी महाकाली अस्पताल लगियो

महेन्द्रनगर । मृत फेला परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवम प्रवक्ता महेन्द्र खड्काको शवलाई पोष्टमार्टमका लागी लगिएको छ । महाकाली प्रादेशिक अस्पतालमा शवको पोष्टमार्टमको लागी लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् ।

उनी ऐठपुर क्षेत्रको नहर किनारमा बिहीबार बिहान ५ बजे मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक थापाले बताए । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सडकको छेउमा रहेको खानेपानीको कालो मोटो पाईपमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको पाईएको छ । प्रहरीले घटनास्थलको मचुल्का तयार गरेर घटनाबारे थप अनुसन्धान अगाढी बढाएको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.