महेन्द्रनगर । कञ्चनपुरका सामुदायिक विद्यालयहरुमा सरसफाईको कमी रहेको पाईएको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयमा रहेका शौचालयको उचित प्रयोग र सरसफाई नभएको सेनेटरी प्याडहरुको प्रयोग र व्यवस्थापन उचित तवरले नभएको पाईएको हो । विद्यालयमा विद्यार्थीहरुलाई सरसफाई स्वास्थ्यका लागी अति नै आवस्यक हो भनेर सिकाउने थलो नै अहिले फोहर सरसफाईको कमी हुँदै गएको छ ।
विषेश गरेर विद्यालयमा रहेका शौचालय र सेनेटरी प्याडको उचित व्यवस्थापन हुन नसक्दा विद्यालयमा विद्यार्थीहरु फोहर वातावरणमा अध्ययन गर्न बाध्य भएका छन् । क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रका जिल्ला संयोजक कोमल जोशीले वेदकोट नगरपालिकाका सबै सामुदायिक विद्यालयमा अनुगमन गरेको बताएकी छन् । उनले २२ वटा सामुदायिक विद्यालयहरु अनुगमनका क्रममा आधा भन्दा बढी विद्यालयहरुमा सरसफाईको कमी भएका भौतिक संरचना शौचालयहरुको उचित प्रयोग नगरेको र सेनेटरी प्याडलाई व्यवस्थापन गर्न नजानेको पाईएको बताईन् ।
उनले कतिपय सामुदायिक विद्यालयका शौचालयहरु भरिएको बाहिर नै पिशाब गर्ने जताततै फोहर नै फोहर भएको र त्यसलाई नै विद्यार्थीहरुले प्रयोग गरिरहेको बताईन् । तर शिक्षकशिक्षिकाहरुले प्रयोग गर्ने शौचालय भने सफा रहेको पाईएको बताईन् । शिक्षकशिक्षिकाहरुले आफनो शौचालयमा ताल्चा लगाउने तर विद्यार्थीहरुको शौचालयमा सरसफाई नहुँदा फोहर रहेको बताईन् । हात धुनका लागी धारा पनि छन् बेसिन पनि छ तर पानी नभएको भएर पनि प्रयोगमा नआएको अवस्था रहेको उनले अनुगमनका क्रममा पाएको बताईन् ।
वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयले सहज रुपमा छात्राहरुलाई महिनाबारी हुँदा आवस्यक पर्ने सेनेटरी प्याडहरु पनि सहजरुपले उपलब्ध नगराएको र प्रयोग गरिसकेपछि पनि उचित व्यवस्थापन गर्न नसकेको पाईएको छ । सेनेटरी प्याड आउने मेसिनहरु बिग्रीएको अवस्थामा रहेको र अहिले कोठामा राखेर दिने गरेको पाईएको छ । केही बिद्याल्यमा शिक्षिकाहरुले दिने गरेका छन् भने केही बिद्यालयमा शिक्षकहरुले पनि प्याड दिने गरेको पाईएको छ ।
वेदकोट नगरपालिका ७ मा रहेको श्रि घटाल माध्यामिक विद्यालयमा पनि सरसफाईमा कमी प्याडहरु प्रयोग गरेर जतातही फालिएको पाईएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणेश नेपालीले आफनो विद्यालयमा भएका कमी कमजोरलिाई सुधार गरेर लैजाने बताए । साथै अब छात्राहरुलाई सहज रुपमा प्याडको समस्यालाई पनि समाधान गरिने बताए ।
उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सरस्वती रैसालले प्याड सहजै पाईने भएपनि व्यवस्थापनमा समस्या हुने भएको बताईन् । व्यवस्थापन गर्ने ठाउँ पनि सानो भएर फोहर भएको बताईन् । विद्यालयको पुत्कालयमा प्याड राखेको हुन्छ त्यही शिक्षिकाले नाम लेखेर दिने गरेको बताईन् । माग्न जान पनि लाज मान्ने आफनै घरको प्रयोग गर्ने र विद्यालयले प्रदान गरेको प्याड खासै राम्रो नभएको बताईन् ।
नेपाल सरकारले आर्थिक वर्ष ०७६÷७७ को बजेटमार्फत सामुदायिक विद्यालयहरुमा निशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने योजना ल्याए पनि प्रभावकारी भने हुन सकेको छैन् । कञ्चनपुरमा रहेका सामुदायिक विद्यालयहरुमा अहिले पनि छात्राहरुले सहज रुपमा प्याड पाउन सकेका छैनन् भने, पाएका प्याडहरु पनि प्रयोग गर्न सजिलो नभएको गुनाशो गरेका छन् ।
अधिकाँस छात्राहरुले विद्यालयले दिने गरेको प्याडमा नै समस्या भएको बताएका छन् । प्याड प्रयोग गर्दा सजिलो नहुने रगत बाहिर लिकेज हुने आदी समस्या रहेको बताएका छन् । महिनावारी महिलाको प्रजनन् अधिकारसँग सम्बन्धित विषय हो । महिनावारी हुँदा शारिरीक तथा मानसिक तनाव, दुखाइजस्ता समस्या देखा पर्ने गर्दछन् । त्यसैमा विद्यालय उमेरका छात्राहरुका लागि झनै जटिल हुने गर्दछ ।
नियमित सरसफाइ, गाउँमा रहेको पुरानो चलन अनुसारको रहनसहन, शारिरीक रुपमा हुने समस्याले थप पीडा सहनु पर्ने बाध्यता छात्राहरुसँग छ । जसका कारण उनिहरुले नियमित विद्यालय जानसमेत सक्दैनन्, भने पठन पाठन कार्यसमेत प्रभावित हुने गरेको देखिन्छ । रगत बग्ने, पेट दुख्नेजस्ता समस्याले पनि छात्राहरुलाई मानसिक तनाव रहेको अवस्थामा पनि पविद्यालयमा पनि सही वातावरण नपाएँदा झन पिडा थपिने उनिहरुले गुनाशो गरेका छन् ।