महेन्द्रनगर । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्दैछ। राष्ट्रिय सभा सदस्यका लागि ८ वटा राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
उम्मेदवारले शुक्रबार आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गर्ने जनाएको छ।
राष्ट्रिय सभा उम्मेदवारहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। निर्वाचनका लागि सात प्रदेशमा एकरएक मतदान स्थल र दुई दुई मतदान केन्द्र कायम गरिएको छ।
Comments are closed.