भीमदत्त नगरपालिका ७ मा आँखा शिविरबाट ३ सय ३७ जनाले पाए सेवा

महेन्द्रनगर । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा सिविर सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ७ मा आँखा शिविर सम्पन्न भएको हो ।

भीमदत्त नगरपालिका ७ को महाकाली जनसेवा मावीको प्राङगणमा आँखा शिविर सम्पन्न भएको पेसवानका सदस्य दमन चन्दले जानकारी दिएका छन् । उक्त आँखा शिविरबाट ३ सय ३७ जनाले सेवा लिएको र ५४ जनाको आँखाको शल्यक्रिया गरिने र उहिरुलाई माघ ४ गते धनगढी लैजाने उनले बताए । साथै उक्त आँखा शिविरबाट ५४ जनालाई निशुल्क चश्मा पनि वितरण गरिएको छ ।

उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् । आँखा शिविरमा उपचार गर्न पुगेका स्थानिय गोपाल जाग्रीले आफनै गाउँमा आँखाको उपचार पाएपछि संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफनै गाउँमा शिविर आएपछि आँखाको उपचार पनि हुने, थप उपचार पनि संस्थाले नै गरिदिने, चश्मा पनि दिने भएपछि उनि लगायत अन्य स्थानियहरु पनि खुसी देखिएका छन् । उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए ।

यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेकी ७३ वर्षिया जमुना देवी भुलले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताईन् । उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको बताईन् । नयाँ चश्मा पाएपछि आफुलाई हेर्नमा सहज भएको उनले बताईन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष गणेशबहादुर चन्दले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए ।

साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरे । संस्थाका सदस्य दमन चन्दले माघ महिना भित्र सबै वडामा आँखा शिविर संचालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.