महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलियामा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिवार थारु संवत २६४७ र माघी मिलनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । भीमदत्त नगरपालिका २ को सहयोग वरघर समाजको व्यवस्थापक र नेपाल आदिवाशी जनजाती महासंघ भीमदत्त नगर समन्वय परिषद कञ्चनपुरको आयोजना गरिएको थियो ।
थारु कला संस्कृति, रहनसहन, भेषभुषाको जेगर्नासहित प्रर्बधन गर्न माघी मिलन कार्यक्रम आयोजना गरी मनाइएको हो । उक्त कार्यक्रमको सभाध्यक्षमा नेपाल आदिवासी जनजाती महासंघ भीमदत्त नगर समन्वय परिषद का अध्यक्ष लक्ष्मी चौधरीले गरेकी थिईन भने प्रमुख अतिथीमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहेका थिए ।
यस्तै विशिष्ट अतिथीमा जनजाती महासंघ जिल्ला अध्यक्ष विकास श्रेष्ठ रहेका थिए । उक्त कार्यक्रममा आफनो भनाई राख्दै आदिवासी जनजाती महासंघका सल्लाहाकार बलबहादुर डगौराले हाम्रो समुदायका कला संस्कृतीको विषयमा पुराना वृद्धवृद्धाहरुसंग जानकारी लिएर पुराना कला संस्कृती रहनसहन र किन यसको संरक्षण गर्ने जेगर्ना गर्ने भनेर सोध्न आवस्यक रहेको बताए ।
माघी मेला किन मनाईन्छ भनेर व्यापक छलफल नभएको बताए । बरघर भलमन्सा प्रणालीको पनि धेरै छलफल जानकारी नभएको बताए । हाम्रो ध्यान बढी सांस्कती कार्यक्रममा सिमित रहेको बताए । आफु भन्दा अग्रजहरुसंग आफनो कला संस्कृतकिो विषयमा उनिहरुसंग सोध्ने बहस गर्ने आफुहरुको प्रवृत्ती नभएको बताए ।
साथै अहिले आफनो कला संस्कृती रहनसहन भेषभुषा सबै विदेशमा पुगेको छ, अब आउने पुस्तालाई जानकारी गराउन पनि विदेश मा गएर वा पढेर मात्रै सिक्नु पर्ने अवस्था रहेको बताए । उनले भने, आज हाम्रो बदलिँदो परिस्थितिमा आधुनिकताको नाममा विदेशी संस्कृति अङ्गालिरहँदा हाम्रो संस्कृति छायामा पर्न सक्ने परिस्थिति सिर्जना भएको बताए ।
हाम्रो कला संस्कृतीलाई सबैले व्यवहारमा, दैनिक जीवनमा, समाजमा र समुदायमा भएका कुराहरूलाई यसरी समुदायलाई जोडेर एक प्रकारको अभियान सुरु गरिनु पर्ने बताए । संस्कृतिलाई जीवन्त राख्नलाई भावी पुस्तालाई पनि संस्कृति हस्तान्तरण गर्न कलिला बालबालिकाहरूलाई संस्कृति भनेको के हो ? हाम्रो थारु संस्कृति भित्र रहेको माघी मिलन, माघी कार्यक्रम, ढिक्री भनेको के हो, भल्भन्सा कार्यक्रम,थारु अगुवा गितहरु क्े हनु ? भनेर जानकारी लिन आवस्यक रहेको बताए ।
भल्भन्सा कार्यक्रमलाई कानुनी मान्यता दिएको छ । भल्भन्साको समाजमा योगदान,व्यवस्थापन तथा रूपान्तरण गर्न समाजलाई आधुनिकतामा डो¥याउन योगदान दिएकोमा ती अग्रजहरूलाई सम्मान गरिएको बताए । नेपाल आदिवाशी महासंघ कञ्चनपुर जिल्ला समन्वय परिषदका अध्यक्ष विकास श्रेष्ठले माघी मलिन कार्यक्रमहरु अहिले जिल्ला भरी नै विषेश रुपले मनाईरहेको बताए ।
आफनो संस्कार कला संस्कृती, पहिचान, संरक्षण कला प्रदर्शन रितिरिवाजलाई हस्तान्तरण गर्न नयाँ पुस्ता माझ कार्यक्रमको आयोजना गरिएको बताए । अहिले आयाति कला संस्कृतीमा रमाउन पुगेको बेलामा आफना मौलिक परम्परा लोक कला संस्कृतीलाई लोप बनाउदै आयातीतमा प्रवेश गरेको बताए । आफनो पहिचान कला संस्कृतीलाई जेगर्ना गर्नका लगी यस्ता कार्यक्रमको आयोजना गरिएको बताए ।