घटना दर्ता गर्न अहिले पनि चुनौती रहेको सरोकारवालाहरुको जिकिर 

महेन्द्रनगर । कञ्चनपुरमा पञ्जिकरण गर्नमा अहिले पनि चुनौती रहेको पाईएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाईसराई, सम्बन्ध विच्छेदका घटनाहरुलाई दर्ता गर्न अहिले पनि पूर्णरुपमा लागु नभएको पाईएको हो ।  समुदायमा घटना दर्ता पूर्णरुपमा हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स (नेपाल) ले सुदूरपश्चिममा बालविवाह निवारण परियोजना अन्तरगत व्यक्तीगत घटना दर्ता स्वास्थ्य सामाजिक संरक्षण तथा बाल संरक्षणका लागी औपचारिक अनौपचारिक सम्बन्धमा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले अहिले पनि घटना दर्तामा चुनौती रहेको बताएका हुन् । उक्त कार्यक्रममा पालिकाका सचिवहरु, स्वास्थ्य स्वयम सेविका, सामाजिक पण्डितहरु लगायतको उपश्थिती रहेको थियो ।

राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) को सुदूरपश्चिममा बालविवाह निवारण परियोजनाका कार्यक्रम संयोजक टेक विकेले हाम्रो समाजमा अहिले पनि बालबालिकाहरु आधारभुत बालअधिकारबाट बञ्चित रहेको अवस्थामा रहेको पाईएको बताए । अहिले बालबालिकाहरुको जन्म दर्ता नभएको र जस्ले गर्दा राज्यले दिने गरेका सेवा सुविधाबाट पनि बञ्चित हुनुपर्ने, स्वास्थ्यबाट पाउनुपर्ने सेवा सुविधाबाट पनि बञ्चित रहेको अवस्था देखिएको बताए ।

साथै यो कार्यक्रमबाट अब समुदायमा रहेका त्यस्ता बालबालिकाहरुलाई कसरी राज्यको पहुँचमा ल्याउन सकिन्छ कसरी तिनीहरुको जन्मदर्ता गर्ने कसरी सेवा सुविधामा उनिहरुको पहुँचलाई जोड्न सकिन्छ र बाल अधिकारको सुनिश्चितता गराउन भनेर कार्यक्रमको आयोजना गरिएको बताए । अहिले पनि कतिपय समुदायमा स्वास्थ्य संस्थामा नजाने घरमै बच्चालाई जन्माउने खालका प्रवृत्ती रहेको भएर स्वास्थ्य स्वयमसेविका मार्फत उनिहरुलाई स्वास्थ्य संस्थामा सम्म जानका लागी माहोल बनाउने छन, भनेर उहाँहरुलाई पनि राखेर कार्यक्रम गरिएको सुदूरपश्चिममा बालविवाह निवारण परियोजनाका कार्यक्रम संयोजक विके बताए ।

राज्य,स्वास्थ्य,सामाजिक संरक्षणका हिशावले कसरी बालअधिकारको संरक्षण गर्न सकिन्छ कसरी उनिहरुलाई राज्यका हरेक क्षेत्रमाजोडन सकिन्छ भनेर पनि अभियानको रुपमा अगाढी बढने योजना रहेको बताए । साथै अहिले पनि केही बालबालिकाहरु भारतमा जन्मेर यहाँ नेपालबाट जन्मदर्ता बनाउनमा समस्या, चेतनाको कमीले पनि समस्या रहेको बताए । यस्तै, भीमदत्त नगरपालिकाका नायब सुब्बा मनोजप्रशाद भट्ट पञ्जिकरण गर्न आवस्यक रहेको बताए । बालबालिकाहरुको सम्पूर्ण कुराहरु जन्मदर्तामा निहति हुने बालबालिकाले आफनो राज्यबाट पाउनु पर्ने सबै सेवा सुविधाबाट बञ्चित हुने भएकाले सबैले आफना बालबालिकाहरुको जन्म दर्ता अनिवार्य गर्नुपर्ने बताए ।

भीमदत्त नगरपालिका १४ का वडा सचिव राज्य लक्ष्मी शाहले सरकारले बिभिन्न समयमा ऐननियम ल्याउन े बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु पनि भईरहदा समुदायमा अहिलेपनि घटना दर्ता पूर्णरुपमा हुननसकेको बताईन् । सरकारले तोकेको उमेर भन्दा अगाढी नै विवाह गर्ने,बच्चा जन्माउने जस्ले गर्दा विवाह दर्ता नहुने, बालबालिकाहरुको स्वास्थ्यमा पनि बिभिन्न समस्या आउँछ भनेर पनि जानकारी नभएको बताईन् । अहिले कतिपयले मृत्यु दर्ता गर्नु पर्छ, जन्म दर्ता गर्नु पर्छ भनेर थाहा भएर पनि दर्ता नगर्ने र पछि गएर समस्या हुने गरेको बताईन् ।

मृत्यु भएको १ वर्ष २ वर्षपछि दर्ता गर्न आउने विवाह गरेको धेरै वर्षपछि दर्ता गर्न आउने जस्ले गर्दा उनिहरु संग सुचना प्रयाप्त नपुगेको पुगेका हरुले पनि हेलचेक्राई गर्ने गरेको पाईएको उनले बताईन् । यो परियोजना सुदूरपश्चिमको ४ वटा जिल्ला बझाङ, अछाम,कैलाली र कञ्चनपुरमा लागु भएको छ, जस्मा पनि जोखिमताको आधारमा कञ्चनपुरमा भीमदत्त, कृष्णपुर र दोधारा चादनीमा कैलालीमा गोदावरी नगरपालिका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकामा यो परियोजना लागु भएको कार्यक्रम संयोजक विकेले जानकारी दिए ।

यस्तै बझाङमा थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिका अछाममा मंगलसेन नगरपालिका र साफेबगर नगरपालिका गरी १० पालिकाको ६० वटा वडामा रुपान्तरण कक्षासहित बिभिन्न कार्यक्रम गरिरहेको उनले जानकारी दिए । विषेश गरे यो परियोजनाले किशोर शसक्तीकरण, अभिभावकहरु संग क्षमता विकास स्थानिय तहको क्षमताको पनि अभिवृद्धी गर्ने उदेश्य पनि रहेको कार्यक्रम संयोजक विकेले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.