माघी पर्वको उपलक्ष्यमा कैलालीको गोदावरीमा दुई दिन स्थानीय विदा

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकामा दुई दिन स्थानीय विदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा २ दिन २ र ३ गते विदा दिने निर्णय गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर कार्यपालिकाको पुष २३ गतेको १०६ औं कार्यपालिका बैठकले २ दिन विदा दिने निर्णय गरेको उल्लेख छ। सूचनामा गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय अत्यावश्यक सेवा बाहेक  र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिईएको उल्लेख छ।

माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले नै विदा दिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.