जिल्ला समन्वय समिति कञ्चनपुरद्धारा कञ्चन दर्पण विमोचन

महेन्द्रनगर । कञ्चनपुरमा एक मुखपत्र पत्रिका विमोचन गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले आफ्नो मुख पत्र पत्रिका कञ्चन दर्पण प्रकाशनमा ल्याएको हो । वार्षिक रुपमा प्रकाशित हुने उक्त पत्रिकाको प्रथम संस्करणको मंगलवार एक कार्यक्रम विच विमोचन गरिएको छ । कञ्चन दर्पणमा जिल्लाको भौगोलिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा प्रकाश पारिएको छ ।

साथै उक्त पत्रिकामा जिल्लाका ९ वटा स्थानिय तहमा रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको बारेमा उल्लेख गरिएको छ । ‘आउदो दिनमा यस पुस्तकलाई अझै विस्तृत रुपमा यहाँका धार्मिक, साँस्कृतिक तथा छुटेका कुराहरुलाई समेटर राख्ने जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले बताए । उनले भने ‘यो कञ्चन दर्पण पहिलो संस्करण र सुरुवात भएको छ ।

यसमा धेरै कमी कमजोरी होलान आँउदा दिनमा यसलाई यहाँको भौगोलिक राजनैतिक देखि लिएर पर्यटकिय र धार्मिक स्थलका बारेमा समेत प्रकाशित गरी प्रचार प्रसार गर्नेछौं ।’ नेपाली काग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकले यस पत्रिकाले जिल्ला समन्वय समिति कञ्चनपुरको वार्षिक गतिविधि बारे समेत जानकारी दिने बताए ।

उक्त पुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समित कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको सभापतित्व रहेको थियो । प्रमुख अतिथी नेपाली काग्रेसका प्रमुख सचेतक, तथा कञ्चनपुर क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकको प्रमुख आतिथ्य रहेका थियो ।

विशिष्ट अतिथीमा प्रदेश सभा सदस्य बेल बहादुर राना, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, विभिन्न नगरपालिका नगर प्रमुख तथा उप–प्रमुख रहेका थिए । कार्यक्रम सञ्चालन निमित्त कार्यालय प्रमुख पदम राज जोशीले गर्नु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.