वाणि खुला मञ्चमा माघी कार्यक्रममा थारु रैथानी परिकार र कृषि उपज प्रर्दशनी

महेन्द्रनगर । कञ्चनपुरको वाणि खुला मञ्चमा माघी विशेष साँस्कृतिक एप कृषि जैविक विविधता प्रर्दशन कार्यक्रम गरिएको छ । बिहिबार कृष्णपुर नगरपालिका २ वाणी खुला मञ्चमा माघी विशेष साँस्कृतिक एप कृषि जैविक विविधता प्रर्दशन कार्यक्रम गरिएको हो । कृष्णपुर नगरपालिका २ नम्बर वडाको सहयोगमा भलमन्सा समाजले माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्तम गरेको छ ।


कार्यक्रममा कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति, कला खाद्य परिकार सरक्षण प्रर्बद्धन गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बताए । वडाध्यक्ष साउदले पछिल्ला दिनमा लोभ भईरहेको थारु समुदायको लोक संस्कृति, रैथानी खाने परिवार सरक्षणका लागि संयुक्त रुपमा कार्यक्रम गरिएको बताए ।वडाध्यक्ष अर्जुन सिह साउदले पश्चिम नेपालका थारु समुदायको लोक साँस्कृतिक परम्परा, संस्कृति, पहिरन र मौलिक खाने परिकार सरक्षण, प्रर्बद्धन र पुस्तान्तरणका लागि कार्यक्रम गरिएको बताए ।

‘पछिल्ला दिनहरुमा थारु समुदायको मौलिक लोक परम्परा सरक्षणमा चनुौती थपिएको छ, ‘वडाध्यक्ष साउदले भने, ‘हामीले वडाबाट सक्दो सहयोग गरेका छौँ, यसबाट समेत केही प्रर्बद्धन हुने अपेक्षा छ ।’ वडाध्यक्ष साउद उक्त माघी विशेष कार्यक्रम थारु समुदायका नयाँ पुस्ताहरुलाई पुराना पुुस्ताहरुले प्रर्बद्धन गर्ने गराउने तर्फ केन्द्रीत रहेको बताए । वडाध्यक्ष साउदले कृष्णपुर २ कृषि बस्तु उत्पादनका लागि सम्भावना बोकेको वडा भएकाले कृषि एम्बुलेन्सको माग अघि सारेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीको ध्यानाकर्षण गराउँदै कृषि एम्बुलेन्सको माग अघि सारेका हुन ।कार्यक्रममा सुप प्रदेशका निर्वतमान संसद महेश दत्त जोशीले रैथानी अन्नबाली सरक्षण प्रर्बद्धनको विकल्प नभएको बताए । सुप प्रदेश सभाका सदस्य गिता चौधरीले पनि यस्ता कार्यक्रमबाट थारु समुदायको लोक सस्कृति सरक्षणमा जोड दिईन ।


कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका प्रदेश सभा सदस्य ओम विक्रम भाट९सरल०ले स्थानीय बस्तु तथा सेवा उत्पादन, प्रर्बद्धन र बजारीकरणमा जोडदिए । संसद सरलले आत्मनिर्भर र सम्बृद्धिका लागि थारु समुदाय सहित सबै समुदायले कृषि बस्तु तथा सेवा उत्पादनम जोडदिएका छन । कार्यक्तमका प्रमुख अथिति समेत रहेका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले वडाध्यक्ष अर्जुन सिह साउदले प्रस्ताव अघि सारेको कृषि एम्बुलेन्स दिने प्रतिबद्धता जाहेर गरेका छन ।

मन्त्री चौधरीले थारु समुदायको संस्कृति सरक्षणका साथै रैथानी खाने परिवार सरक्षणका लागि प्रदेश सरकार तयार रहेको बताए । भलमन्सा समाज कृष्णपुर २ सञ्जालका अध्यक्ष अमर चौधरीले कृष्णपुर नपा २ वडा कार्यालय सहित कृषि, ज्ञान केन्द्र, जय फुलवारी कृषि सहकारी संस्था लि, लिवर्ड सक्षम परियोजनाको सहयोगमा कृषि प्रर्दशनीका साथै थारु समुदायको साँस्कृति कार्यक्रम भएको बताए । कृष्णपुर नगरपालिका २ नम्बर वडाको विशेष आयोजनामा उक्त कार्यक्रम गर्न सफल भएको उनले बताए ।

थारु समुदायको माघी पर्व नयाँ बर्षकै रुपमा मनाउने भएकाले वडाध्यक्ष अर्जुन सिह साउदले वडाभरीका भलमन्सा समुदायसंग सामुहिक छलफल गरेर उक्त कार्यक्रम संचालन गर्न लागेको उनले बताए । उक्त कार्यक्रममा थारु समुदायका लोक परम्परात खाने परिकारदेखि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.