दार्चुलामा बस दुर्घटना, १४ जना घाइते

महेन्द्रनगर । दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागी छुटेको महाकाली यातायातको दिवा बस दुर्घटनामा परेको छ । शुक्रवार बिहानै महाकाली नगरपालिका–५ किम्तडीस्थित फोहोर संकलन केन्द्र नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खलंगाबाट बिहान ५ः३० बजे महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस दुर्घटना भएको थियो ।

घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । चालकसमेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

 

सम्बन्धित

Comments are closed.