महेन्द्रनगर । जिल्लाको भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेश बहादुर बमले कार्यभार ग्रहण गरेका छन् । आज शुक्रबार बमले भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भई पदभार ग्रहण गरेका हुन् ।
बम दार्चुलाको ब्यास गाउँपालिकाबाट सरुवा भएर भीमदत्त आएकाका हुन् । उनी महेन्द्रनगरकै स्थानीय समेत हुन् । उनी स्थानिय तहको काम कार्वाहिका सवालमा निकै अनुभवी समेत हुन ।
प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले गत पुष २६ मा भीमदत्तबाट रमाना बुझेर सरुवा भएको कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएका थिए ।
Comments are closed.