वेदकोटमा चन्द्रज्योती ग्रामिण विद्युत सहकारी को १५ औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका १ मा रहेको श्री चन्द्रज्योती ग्रामिण विद्युत सहकारी संस्था लि. को १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले आफनो सानो लगानीबाट कामको थालनी गरेको कार्यक्रमका सभाध्यक्ष एवम सहकारीका अध्यक्ष यज्ञराज भट्टले बताए ।

उनले संस्थालाई यो सफलता तर्फ उन्मुख गराउने शेयर सदस्यहरु, सल्लाहकार, समितीका पदाधिकारीहरु, स्थानिय शुभ चिन्तक समाजसेवीहरुलाई धन्यवाद व्यक्त गरे । साथै सहकारीले विगतका दिनहरुमा झै आफना सदस्यहरुलाई पारदर्शी किसिमले आफनो सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीले संस्थागत विकासका लागी ईमान्दारिता, सुसाशन र पारदर्शिता अपरिहार्य रहेको र सहकारीमा सहकार्य गरेर मात्रै अगाढी बढने बताईन् ।

साथै सहकारीमा अपनत्वमा विकास समझदारी कायम र पालिकासंगको समन्वयमा पनि ध्यान दिएर अगाढी बढन सकिने र संस्थागत विकास गर्न प्रक्रियागत तवरले पालिकाले पनि साथ र समन्वय गर्ने बताईन् स साथै आफनो कार्यले प्रभावित पार्ने सहकारीलाई पुरस्कृत गर्ने र समुदायमा सहकारी नाममा आफनो उदेस्य विपरित कार्य गर्नेलाई अनुगमन गरी प्रक्रिया अनुसार कारवाही गरिने जानकारी दिईन् ।

उक्त साधारणसभामा विशिष्ट अतिथि वर्तमान र निवर्तमान वडा अध्यक्षहरु, अतिथिमा वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सहकारी संस्थाका पदाधिकारी, समाजसेवी बुद्धिजीवी, नागरिक समाज लगायतको सहभागिता रहको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.