महेन्द्रनगर । “म घरमै थिए, अचानक भीमदत्त नगरपालिकाबाट फोन आयो ल भोली हजुरलाई सम्मान गर्ने कार्यक्रम छ भनेर” सामाजिक अभियन्ता उर्मीला शाहीले भनीन, “मलाई खुसी पनि लाग्यो र मनमा काम गरेपछि मुल्याङकन हुँदो रहेछ भनेर पनि सोच्न थाले” विगत १२ वर्षदेखी सामाजिक क्षेत्रमा सक्रिय भएर महिला तथा मानव अधिकार र सामाजिक क्षेत्रमा कृयाशिल तथा हिँसा प्रभावित महिला तथा बालबालिकाको क्षेत्रमा लागेको भएर नै सम्मान गरेको होला भनेर खुसी भए उनले भनिन, भिमदत्त नगरपालिकाको ४६ औ बर्ष तथा ५ औ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका माझ जयपृथ्वी बहादुर सिंह मानब अधिकार पुरुस्कारबाट अधिकारकर्मी शाही सम्मानीत भएकी हुन ।
विगत १२ बर्ष देखि साथि संस्थामा कार्यरत अधिकारकर्मी शाहीलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेबाफत दोसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको थियो । उसो त उनको जिवनमा चुनौती र समस्या हरु नआएका होइनन् ,। २०६७ सालमा आफनो श्रिमानलाई गुमाउदा आफनो सवै थोक गयो, केही छैन अब म केही गर्न सक्दैन भन्ने लाग्थ्यो, एक छोराको आमा त्यती बेलामा २ वर्षको थियो, त्यो बेलामा मेरो बुवाले हौसला दिनु भयो, काम गर्न प्रेरित दिएका शब्दले अहिले आफु भावुक हुने गर्छु, तर अहिले लाग्छ एउटा महिलाले जती पनि चुनौती समस्या आएपनि मनमा अठोट लिएर काम गय्रो भने समाजले समुदायले सबैले मुल्याङकन गर्नेरहेछ भन्ने लाग्छ,
जतीबेला मेरो हातमा आफनो सम्मान आयो त्यो बेलामा थप उर्जा हौसला र जिम्मेवारीको भारी फेरी बोक्न तयार हुनुपर्छ भन्ने लाग्यो, अब यही सामाजिक क्षेत्र मा निरन्तरता दिने आफनो जिवन आहुती यसैमा दिने थप जिम्मेवारी आएको छ । यो समयमा म आफुले काम गरेको संस्था साथीका पदाधिकारीहरु साथीहरु, मेरो कामलाई देखेर उच्च मुल्याङकन गर्ने भीमदत्त नगरपालिका र आफनो बुवालाई सबै भन्दा बढी धन्यवाद ििदन चाहन्छु,
अहिले मेरो बुवा भएको भए म भन्दा बढी खुसी हुनुहुन्थ्यो होला, बुवालाई यो क्षण देखाउन पाएको भए म अझै बढी खुसी हुन्थ्ये होला किन भने, मेरो बुवा नै मेरो पथप्रदर्शक, उर्जादिने व्यक्तित्व हुनुहुन्थ्यो । अहिले शाहि महेन्द्रनगरमा रहेको साथि संस्थाको कञ्चनपुर जिल्ला संयोजकको रूपमा काम गर्दै आईरहेकि छिन् ।
यो पुरुस्कार म कार्यरत साथि संस्था प्रति समर्पण गर्दै पुरुस्कारले मलाइ हिन्सा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा थप उर्जाशिल भएर लाग्न प्रेरणा मिलेको बताईन् । यसरी लामो समय सामाजिक क्षेत्रमा देखिन महिला तथा मानव अधिकारको क्षेत्रमा दिन रात लागेर सम्मानित बन्न पाउँद निकै हर्षित भएको सुनाउदै सके जति सेवा अनाथ बालबालिका र अन्य क्षेत्रमा समेत आगामी दिनमा काम गर्ने योजना रहेको महिला तथा मानव अधिकारकर्मी अभियन्ता शाहीले बताईन् ।