पिठ्युको भारले आम्दानी गरेर परिवारको पेट पाल्दै

महेन्द्रनगर । अहिले गाउँघरमा पिठ्युमा बिभिन्न कपडाहरु बोकेर व्यापार गर्नेहरु देखिन लागेका छन् । उक्त पिठ्युमा कपडा, तन्ना, भुईमा विछयाउने दन लगायतका पोषाकहरु बनाएर गाउँघरमा व्यापार गर्नेहरु देखिन थालेका हुन् । पहिले यो व्यापार भारतिय मुलकका हरुले गर्थे भने अहिले नेपालीहरुले पनि यो व्यापार गरिरहेका छन् । कञ्चनपुरका बिभिन्न गाउँघरमा पिठ्युमा ३० देखी ५० किलो सम्मको भारी बोकेर आफनो परिवारको पेट पाल्नका लागी घुम्ने व्यापारीहरु प्रसस्त देखिन्छन ।

ती मध्येका एक हुन कालिकोटका ६५ वर्षका मदन विक उनले यो पेशा गर्न लागेको २० वर्ष भन्दा बढी भयो, उनले आफनो पिठ्युमा भारी बोकेर व्यापार गर्न थालेपछि उनका काँधमा त्यो कपडाको भारले च्यापेर डोरीको छापहरु बसेको छ । २० वर्ष पहिला उनले भारतका बिभिन्न क्षेत्रमा रहेर काम गरेको बताउँदै उता, जती काम गरेपनि यताको जस्तो वातावरण नहुने यता आफनै परिवार आफनै देशमा काम गर्नु पर्छ भनेर नै २० वर्षदेखी उनले काँधमा ४० किलोसम्मको भार बोकेर गाउँघरमा पुगेर व्यापार गरिरहेको उनले बताए ।

पहिला बिभिन्न कपडाहरु बेच्ने गरेका उनी अहिले तन्ना, खोलहरु, र दनहरु बेच्ने गर्दछन् । कतिपयले हेपाह प्रवृत्ती व्यवहार पनि गरेको पाए, बोल्ने शैली पनि छैन विषेस गरेर हेर्दा सम्पन्न पढेलेखेको जस्तो देखिने तर व्यवहार भने एकदमै नराम्रो पनि गरेको पाईएको उनले अनुभव सुनाए । “एक त घरघरमा पुगेर सेवा दिनुपर्ने त्यही माथी व्यवहार पनि नराम्रो हुँदा नराम्रो अनुभुती हुन्छ” उनले भने, कसैकसैले बोलाएर सबै कपडाहरु खोल्न लगाउने तर नकिन्ने “कहिले एक पनि व्यापार हुँदैन त, कहिले केही आम्दानी सहित व्यापार पनि हुन्छ”

उनले भने, “यता कोठा भाडा लिएर बस्नु पर्ने खाना पनि त्यही व्यापारबाट खानु पर्ने कतिपय दिन भोकै पनि हुन्छौ” उनले थप्दै भने, “आम्दानी हुँदैन नास्ता खायो बस्यो खाना सधै खान पाईन्न बिहान हिँडनुपर्ने गाउँघर पुगेर घुमेर व्यापार गर्नुपर्ने भएर होला एक ठाँउमा बस्न मन लाग्दैन” अहिले कालिकोट, हुम्ला, जुम्ला,मुगुबाट पनि व्यापार गर्नेहरु धेरै रहेको उनले बताए ।

उनले भने, “सबैको कथा मेरो जस्तै हो युवाहरु प्राय कम छन यो लाईनमा, हामी वृद्धहरु नै भारी बोकेर यो काम गरिरहेका छौ, आफना छोराहरु कोही भारतमा छन कोही अन्य देशमा छन् काम गर्नु पय्रो परिवार पाल्नलाई काम नगरी हुँदैन”

सम्बन्धित

Leave A Reply

Your email address will not be published.