महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरामा बस्दै आएकी एकल महिला दलित वृद्ध महिला हुन भागरथी पार्की, श्रिमानको मृत्यु भयो, छोराछोरी कोही पनि आधार नभएको अवस्थामा खानलाई पनि समस्या भएपछि उनको मुखमा नाम आयो समाजसेवी विनय प्रकाश मल्ल, डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनयप्रकाश मल्लले ती दलित एकल महिलाको पिडा र समस्या जानकारी पाएपछि तुरुन्तै उनलाई पहिलो चरणमा खाद्यन्नको व्यवस्था गरेका छन् ।
उनले आफनो टिम मार्फत भागरथी पार्कीको अवस्था बारे जानकारी पाए लगत्तै उनलाई ७५ केजी चामल, दाल, नुन तेल लगायतका खाद्यन्न हरु सहयोग गरिएको छ । वडा नम्वर ७ का वडा सचिव शारदा ओझाको रहोवरमा सहयोग गरिएको विनय प्रकाश मल्लको टिमले जनाएको छ । उनले खाद्यन्न पाएपछि आफुलाई ३ महिना आन्नदले खानलाई पुग्ने बताईन् । साथै गरिब दिन दुखीको साथमा रहेका समाजसेवी मल्ललाई उनले धन्यवाद का साथै अझै प्रगतीको कामना गरिन् ।
हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् । साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।
उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् ।
जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् । सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् । समाजसेवी मल्लले जिल्लाको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहनु भएको छ ।
जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवशर प्रदान गर्न सहयोग गरिरहेको र हालसम्म डडेल्धुरा जिल्लाबाट एक दर्जन बढि युवायुवतीहरु निःशुल्क भिसामा जापानमा रोजगारीका लागि पुगिसकेको मल्लले बताउनु भयो । गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत उपलब्ध गराउन थालिएको मल्लले बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले समाजसेवी मल्लको सहयोगका कारण जिल्लाको शैक्षिक गुणस्तर उकास्न टेवा पुगिरहेको बताउनु भयो ।उँहाले समाजसेवी मल्लले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक विकासका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुगाईरहनु भएको जानकारी दिनुभयो ।
Comments are closed.