नगर स्तरिय योजना अनुगमन समिती द्धारा वेदकोट ९ मा नवनिर्मित वडा भवनको अनुगमन

महेन्द्रनगर । वेदकोट नगरपालिकामा नव निर्मित वडा भवनको अनुगमन गरिएको छ । वेदकोट नगरपालिका वडा नम्वर ९ को नव निर्मित भवनको मंगलवार नगर स्तरिय योजना अनुगमन समितीद्धारा अनुगमन गरिएको हो । उक्त अनुगमनमा पालिका उपप्रमुख तुलसी जोशी,वडा अध्यक्ष जनकबहादुर विष्ट,पालिकाका योजना अधिकृत अमर महरा,पालिकाका ईन्जिनियर,पवन सिंह विष्ट, कार्यपालिका सदस्यहरु लगायतले उक्त वडा भवनको अनुगमन गरेका छन् ।

पालिकाका ईन्जिनियर,पवन सिंह विष्टले आर्थिक वर्ष २०७९÷८० मा वेदकोट नगरपालिका र एसएमबी कन्ट्रक्सन विच संघिय विषेश अनुदान मार्फत ८० लाख बजेट रकम रहेको र निर्माण कम्पनीले ४९ लाख ३२ हजार ८ सय ३० मा बनाउने गरी सम्झौता भएको बताउनु भयो । साथै उहाँले भवन समयमै गुणस्तरिय निर्माण गरिएको र विगतका दिनमा भवनको जग हाल्ने क्रमदेखी छतको ढलान गर्ने बेला पटक पटकको समयमा यो भवनमा अनुगमन गर्न आफै र अन्य कर्मचारीहरु आएको भएर गुणस्तरमा पनि राम्रो भएको ईन्जिनियर विष्टले बताउनु भयो ।

नगर स्तरिय योजना अनुगमन समितीका सदस्य सचिव एवम योजना अधिकृत अमर महराले नव निर्मित वडा भवनको कामहरु सबै गुणस्थरिय निर्माण भएको बताउनु भयो, साथै उहाँले प्रत्यक्ष ईन्जिनियरहरुको निगरानीमा काम भएको भएर काममा कुनै पनि कमी कमजोरी नरहेको पाईएको बताउनु भयो । वडाका अध्यक्षले पनि समय दिएर काम हुने समयमा आफै खटिएर काम गरेको पाईएकाले पनि सबै काम राम्रो तवर सम्पन्न भएको उहाँले बताउनु भयो ।

यस्तै वेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनकबहादुर विष्टले निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा भित्रै काम सम्पन्न भएको बताउनु भयो । साथै उहाँले यो वडा भवन निर्माण गर्ने क्रममा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले वडा भवन निर्माण गर्नका लागी आफनो दर्ता जमिनबाट १ कट्टा जग्गादान गर्ने दाता रामविरसिंह भाटलाई पनि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सबै स्थानियहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

नगर स्तरिय योजना अनुगमन समिती संयोजक एवम नगर उपप्रमुख तुलसी जोशीले विगतका दिनमा पनि यो नव निर्मित भवनको अनुगमन मा आएको बताउनु भयो ,आफुहरु प्राविधिक नभएपनि आँखाले हेरेर कस्तो काम भएको छ, साथै प्राविधिक टोली पनि साथैमा रहेको भएर उहाँहरुले पनि काम ठिकै भएको जानकारी गराएको उहाँले बताउनु भयो ।

उहाँले डिजायन र स्टिमेटमा नभएको तर निर्माण कम्पनीले बढी काम गरेर सहयोग गरेको अनुगमनका क्रममा पाईएको जानकारी दिनु भयो । साथै उहाँले अनुगमनका क्रममा भवन निर्माणका लागी जग्गादान गर्ने दातालाई स्थानियहरुलाई निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

सम्बन्धित

Comments are closed.