भीनपा १९ मा माघ उत्सव तथा संस्कृती संरक्षण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा माघ उत्सव तथा संस्कृती संरक्षण कार्यक्रम भव्यताको साथमा सम्पन्न गरिएको छ । थारु बिकास मञ्च भीमदत्त नगरपालिका १९ बागफाटाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । श्रि पञ्चकृती वैजनाथ माध्यामिक विद्यालयको प्राङगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथीमा भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखक रहनु भएको थियो ।

उक्त कार्यक्रममा आफनो भनाई राख्दैै नगर उपप्रमुख लेखकले आफ्नो सस्कृती भेषभुषाको संरक्षण गरिएन भने भोलीका पुस्ताहरुले पनि यसको विषयमा जानकारी नपाउने र यो कला संस्कृती रहनसहन लोप हुने बताउनु भयो । थारु समुदायले आफनो नयाँ पुस्ताहरुलाई पनि यो आफनो कला संस्कृती पहिचानलाई हस्तान्तरण गर्ने कार्यक्रमको आयोजना गरिएको प्रिति उनले आयोजकलाई धन्यवाद पनि व्यक्त गरिन् ।

साथै यस्ता लोपोन्मुख अवस्थामा रहेका भेषभुषा,रहनसहन, कला संस्कृतीको सम्बद्र्धन, संरक्षण गर्नमा सबैको साथ र सहयोग हुनु पर्ने बताउनु भयो । यसको संरक्षण गर्नु हाम्रो दायित्व रहेको र हामिले आफ्नो सस्कृती परम्परालाई कहिल्यै भुल्नु नहुने बताउनु भयो । थारुहरु परम्परा, रहनसहन, कला सस्कृती,भेषभुषाको संरक्षण तथा सम्बर्दन र जेगर्ना गर्न नगरपालिकाले सदैव सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका थारु समुदायका मानिसहरुले यस पर्वदेखि नयाँ कामको थालनी गर्ने गर्छन्। थारु समुदायमा यति खेर गाउँको भलमन्सा अर्थात् बडघर, चौकीदार, धामी (झाँक्री कसलाई चुन्ने, अंशबन्डा गर्ने र नगर्नेलगायत विषयमा छलफल भइरहेको छ ।

माघे संक्रान्ति थारु समुदायका लागि वर्षको पहिलो पर्व हो। आजको दिन उनीहरुले नाचगान र रमाइलो गर्दै उल्लासपूर्ण तरिकाले माघि मनाउने प्रचलन छ । थारु समुदायमा महिना दिनसम्म माघीको रौनक हुने गर्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.