सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्यको लागि मतदान सुरु

महेन्द्रनगर । सुदूरपश्चिममा राष्ट्रियसभामा सदस्यको लागि मतदान सुरु भएको छ । सुदूरपश्चिममा तीन पदका लागि बिहान ९ बजे देखी मतदान सुरु भएको हो ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिन लागेको छ । गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा काङ्ग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् ।

एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् । प्रदेश सभा स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷ उपाध्यक्ष र प्रदेश सभा सदस्यहरूले मतदान गरिरहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.