महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी सावदले कुनैपनि देश कति विकसित छ कती अगाढी बढेको छ विकास गतिबिधी कस्तो छ भनेर उक्त देशको खेलकुदका गतिबिधीले देखाउने बताउनु भएको छ । आईतवारदेखी कञ्चनपुरको महेन्द्रनगरमा शरु भएको मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उदघाटन कार्यक्रममा आफनो भनाई राख्दै मन्त्री सावदले द्धिपको रुपमा रहेका ससाना राष्ट्रहरुले खेलकुदको पहिचान बनाएर आफनो राष्ट्रिय भावनाको प्रतिबिम्ब बनाएर संसारमा आफनो पहिचान बनाएर बसेको र युवाहरुले खेलकुद प्रेमीहरुले खेलकुदलाई अगाढी बढाएर आफनो राष्टलाई विश्वव्यापी रुपमा चिनाई रहेको बताउनु भयो ।
साथै आफुलाई सुदूरपश्चिमबाट र बिषेश गरेर कञ्चनपुर जिल्लाले बिन्नि खेलकुदको क्षेत्रमा लगातार अगाढी बढी रहेको आफुले महसुस गरेको उहाँको भनाई थियो । वास्तवमा आफुहरुसंग हाल खेलकुदको पूर्वाधारहरुको यथेष्ट विकास गर्न नसकिरहेको अवस्थामा पनि चुनौती रहेका अवस्थामा पनि केह िखेलकुदका लागी योजनाहरुमा काम भईरहेको बताउनु भयो। साथै सम्बन्धित निकायसंग छलफल गरेर यही क्षेत्रका खेलाडीहरु, प्रशिक्षकहरुको प्रशिक्षणका लागी पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
साथै खेलाडी साथीहरुले अनुशासनमा रहेर खेल खेल्न पनि उहाँले आग्रह गर्नु भयो । यस्तै, आफनो भनाई राख्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट सिंह सावदले यो खेलकुद प्रतियोगिताले कञ्चनपुर जिल्लाको खेल जगतले सिंगो राष्ट्रले यहाँको पहिचान दिने बताउनु भयो । साथै यो खेलकुदबाट पनि बिभिन्न खेलाडीहरुले आफनो सिप कला प्रस्तुत देखाएर आफनो भविश्यलाई सनौलो बनाउने अवसर रहेको बताउनु भयो ।
कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले अहिले खेलकुदमा विकास भएको र अहिले बिभिन्न पालिकाले पनि आफै खेलकुदहरुको आयोजना गर्दे खेल जगतमा फेरी नयाँ आयाम थपिरहेको बताउनु भयो । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा हुने प्रतियोगिता ७ वटा प्रदेश र ३ विभागिय टिम गरेर १० टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ । साथै टिकटबाट आउको केही रकम कञ्चनपुरमा रहेका भलिबल खेलाडीहरुमा लगानी गरिने, केही रकम अनाथालयमा र ेकही रकम वृद्धा आश्रममा पनि सहयोग गरिने भएको छ । दैनिक ४ वटा भलिबलका खेल हुने र बिचबिचमा मनोरन्जनका लागी बिभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि रहेको छ ।
प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।