महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको सडकहरुमा सडक बत्ती जडान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का बिभिन्न सडकहरुमा सडक बत्ती जडान गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जनाएका छन् ।
वडाको बाबाथान बजार, चक्की बजार, कञ्चनभोज आसपास क्षेत्रका सडकहरुमा सेन्सर बत्ती जडान गरिएको उनले बताएका छन् । सडक बत्ती जडान भएपछि स्थानीयहरु हर्षित भएका छन् ।
बजारको सडकमा बत्ती नहुदा रातको समयमा हिड्न समेत समस्या हुने स्थानीयहरु अहिले उज्यालोमा हिड्न पाएका छन् । वडाध्यक्ष बहेक क्षेत्रीले वडामा ४० थान सेन्सर बत्ती जडान गरिएको बताएका छन् ।
अहिले रातको समयमा झलमल्ल बत्ती बलेपछि हर्षित स्थानीयहरुले यस्तो कार्य दिगो हुनु पर्ने धारणा राखेका छन् । रातको समयमा गाडीको बत्तीको भरमा हिड्नु पर्ने स्थानीयलाई अहिले सडक बत्तीनै भएपछि आवातजावत गर्न सहज भएको छ् ।
सडक बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधहरुमा कमी आउने स्थनीयको विश्वास छ् ।
Comments are closed.