भीनपामा नमुना रोजगार कार्यक्रम संचालन सम्बन्धि अन्तरक्रिया सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा नमुना रोजगार कार्यक्रम संचालन सम्बन्धि स्थानीय तहका जनप्रतिनिधि, निजि क्षेत्र र सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिकामा मंगलबार बिभिन्न सरोकारवाला निकायका पदाधिकारी, वडा अध्यक्षहरु, लगायतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

नमुना रोजगार कार्यक्रमको मुल नारा “श्रमको सम्मान राष्ट्रको अभियान” भन्ने मुल नारा सहित सुरु भएको कार्यक्रममा आफनो भनाई राख्दै कार्यक्रमका सभाध्यक्ष एवम भिमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशीले आफू पनि श्रमिक क्षेत्र बाटै आएको र श्रमिकहरुका समस्या राम्रोसंग पहिचान गर्न सक्ने जानकार भएकाले श्रमिकहरु लाई सेवा प्रदान गर्न सहजीकरण गर्नका लागी नमुना रोजगार केन्द्रको स्थापना गर्न लागेको बताइन् ।

उनले नमुना रोजगार केन्द्र लाई व्यवस्थित रुपमा संचालन गर्ने र नमुना रोजगार केन्द्र स्थापना गरि सल्लाहकार नियुक्ति गरि काम गरिने बताइन् । अहिले भिमदत्त नगरपालिकाले थुप्रै काम गरि रहेको अवस्थामा काम गरेकै कारण अहिले देशभरका ७५३ पालिकाहरु मध्ये १७ वटा पालिकाहरु नमुना रोजगारका लागि छनोट भएको र,त्यसै नमुना रोजगार कार्यक्रम अन्तरगत कंचनपुरको भिमदत्त नगरपालिका पनि छ्नोट भएको उप प्रमुख लेखकले जानकारी दिईन ।

कार्यक्रममा भिमदत्त नगरपालिकाका प्रशासकीय प्रमुख महेश बहादुर बमले भिमदत्त नगरपालिकाले नमुना रोजगार सेवा केन्द्र स्थापना गर्ने बताए । उनले भने रोजगार सम्बन्धि सम्पुर्ण काम नमुना रोजगार सेवा केन्द्र बाट सेवा प्रदान गरिने बताए । कार्यक्रममा रोजगार शाखाका संयोजक मीन बहादुर महराले एकिकृत रुपमा श्रम मुलक सेवाहरु प्रवाह गर्ने मुख्य लक्ष्य रहेको बताए ।

साथै, आफनो पालिकामा आएका बिभिन्न समस्याहरुको समाधान गर्ने बिभिन्न सरोकारवालाहरुसंग छलफल गरेर समस्याहरुको समाधान गर्ने बताए । आज पनि यो कार्यक्रममा श्रम मुलक सेवाहरु कसरी प्रवाह गर्ने भनेर पनि छलफलमा आएको र पालिकाले आगामी दिनमा एकिकृत रुपमा श्रम मुलक सेवाहरु प्रवाह गर्ने वैदेशिक रोजगारमा जानेहरुका समस्याहरु, रोजगार मुलक आयोजनाहरु लगयातको विषयमा रहृर काम गर्ने बताए ।

भिमदत्त नगरपालिकाका कानुनी सल्लाहकार बिरेन्द्र सिंहले एकिकृत श्रम तथा रोजगार सेवा सञ्चालन तथा व्यबस्थापन कार्यविधी २०८० माथी प्रकाश पारेका थिए । उनले रोजगार सेवा केन्द्रबाट नागरिकलाई व्यावसायिक सिप विकास, प्रवद्र्धन,उत्पादनशिल रोजगार सिर्जना, उद्यमशिलताप्रवद्र्धन गर्न लगायतका व्यवस्था आवस्यक रहेको बताए ।

कार्यक्रममा भिमदत्त नगरपालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य तथा सरोकारवालाहरुको सहभागी रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.