कञ्चनपुरका ९२ वडामा समुदायमा काँग्रेस अभियान सुरु

महेन्द्रनगर । कञ्चनपुरमा समुदायमा काँग्रेस अभियानको सुरुवात भएको छ । सत्ता साझेदार नेपाली काँग्रेसले कञ्चनपुरमा समुदायमा काँग्रेस अभियान सुरु गरेको हो । काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार कञ्चनपुरका सबै स्थानीय तहमा सञ्चालन हुने गरी भीमदत्त नगरपालिकाबाट अभियान सुरुवात भएको छ । अभियान सञ्चालनका लागि काँग्रेस केन्द्रीय सदस्य सुशिला मिश्र भट्टले जिम्मेवारी पाएकी छन् ।

सोमबार महेन्द्रनगर आएकी भट्टले विहानदेखि अभियान सुरु भएको जानकारी दिइन् । ‘काँग्रेस केन्द्रीय समितिले पुसमा बैठक गरी समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो, त्यस अनुसार नेताहरुलाई जिम्मेवारी दिएर आजदेखि अभियान सुरु भएको छ’ पे्रस युनियन कञ्चनपुरले मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्,‘आजबाट अभियान सुरु भयो, म भीनपा ४ को कार्यक्रममा भर्खर सुरु भएर आए, अब यो अभियान जिल्लाका सबै स्थानीय तहका सबै वडामा सञ्चालन हुन्छ ।

’काँग्रेस केन्द्रीय सदस्य भट्टले समुदायमा छलफल, बैठक, भेला लगायतका कार्यक्रम गरी जनताको समस्याबारे जानकारी लिने, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कामको समीक्षा गर्ने र जनताको अपेक्षा संकलन गर्ने लक्ष्य लिएर अभियान सञ्चालन गरिएको बताइन् ।‘हामी वडा वडामा गएर संवाद गर्छौ, सामाजिक सेवाको बारे छलफल गर्छौ, जनताको समस्या के छन,

त्यसबारे जानकारी लिन्छौ, जनप्रतिनिधिले चुनावमा गरेको वाचा के कति पूरा गरेका छन्, छैनन्, चुनावपछि जनातको अपेक्षा के कति पूरा भए, त्यसबारे पनि छलफल गर्छौ’ उनले भनिन्,‘त्यहीं हल हुने खालका समस्यालाई त्यहीं पनि छलफल गरी हल गर्छाै ।’माघ २४ गतेसम्म सञ्चालन हुने अभियानबाट आएका सबै सुझावलाई काँग्रेसको आगामी फागुनमा हुने विधान सम्मेलनमा पेश गरिने केन्द्रीय सदस्य भट्टले बताइन् ।

सम्बन्धित

Comments are closed.