वेदकोटमा सन्ततिको समुन्नतिका लागि अभिभावक आमा शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा सन्ततिको समुन्नतिका लागि अभिभावक आमा शिक्षा तथा पठन सीप विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वेदकोट नगरपालिका ३ मा भएको कार्यक्रममा बेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यतामा र वडा अध्यक्ष एवम् विद्यलाय व्यवस्थापन समितीका अध्यक्ष मोहन बहादुर गुर्धामीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

श्री शारदा मा.वि. दैजीको प्राङगणमा आयोजना भएको कार्यक्रममा अभिभावकहरु,वुद्धिजिवीहरु,समाजसेवीहरु कार्यपालिका सदस्यहरु लगयातको उपश्थिती रहेको थियो । वेदकोट नगरपालिकाका मावी तहका विद्यालयहरुमा शैक्षिक स्तर सुधारका लागी अभिभावकहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रममा विज्ञ क्षेत्र प्रशाद ज्ञवालीले अभिभावहरुको जिम्मेवारी भुमिकाहरु क्स्तो रहनुपर्दछ भनेर जानकारी दिनु भएको थियो ।

साथै बालबालिकाहरुलाई कसरी मनोपरामर्श गर्न सकिन्छ, शिक्षामा उनिहरुको गुणस्तर बढाउन अभिभावकहरुको भुमिका हस्तो रहने भनेर प्रयोगात्मक क्रियाकलाप गरी जानकारी प्रदान गरिएको थियो । यो कार्यक्रम अति नै प्रभावकारी भएकाले स्थानियहरुले फेरी पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा आफनो भनाई राख्दै उपप्रमुख जोशीले भविश्यका कर्णधार भनेका हाम्रै नानी बाबुहरु भएकाले उनिहरुको उज्जवल भविश्यका लागी अभिभावकहरुको अहम भुमिका रहने बताउनु भयो । जनहितमा आधारित यस्ता खालका सकारात्मक पविर्तन गर्ने कार्यक्रमहरु निरन्तर रुपमा आउनु पर्ने र स्वास्थ्य संगै मानव विकास शिक्षा विकास भएपछि मानव र समाजको विकास हुने उहाँले बताउनु भयो । साथै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना गरिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

साथै आमा अभिभावक भनेको पहिलो पाठशाला भएकाले काँचो माटो भनेको बालबालिकाहरुलाई कस्तो बनाउने भन्ने सबै कुरा परिवारमा निर्भर रहेको हुँदा सबैले सकारात्मक विचार व्यवहार अबलम्बन गरिनु पर्ने उपप्रमुख जोशीको भनाई थियो ।

साथै विद्यालय परिवारको पनि महत्वपुर्ण भुमिका रहने भएकाले बालबािलकालार्य सुधार्न सकेको खण्डमा पुरै समुदाय समाज सुध्रिने र सकारात्मक धारणा दृष्टिकोण राख्नु भयो भने चरित्रवान नैतिकवान बनाउने काम परिवारको र विद्यालयको भसमिका पनि अपरिहार्य रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.