महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा न्यानो लुगाहरु वितरण गरिएको छ । पालिकामा रहेका २२ वटा विद्यालय मध्ये ३ वटा विद्यालयमा न्यानो लुगा वितरण गरिएको हो । चाईना फाउन्डेसनको सहयोगमा ग्लोबल कर्पोरेसन पर डेभोलोपमेन्ट र पालिकाको समन्वयमा गरिव, दलित जनजाती, विपन्न परिवारका वालवालिकाहरुलाई लुगा वितरण गरिएको हो ।
अहिले यो कार्यक्रम कञ्चनपुरको वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा लागु भएको ग्लोबल कर्पोरेसन पर डेभोलोपमेन्टका फिल्ड सुपरभाईजर हरी प्रशाद सुवेदीले बताउनु भयो । वेदकोटमा ३ विद्यालय, कृष्णपुरमा ३ विद्यालय र शुक्लफाँटामा ५ गरी जिल्लामा ११ वटा विद्यालयका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गर्ने उहाँको भनाई रहेको छ । जिल्लामा रहेका १ हजार २ सय ४९ जना विद्यार्थीहरुलाई यो न्यानो लुगाको कार्यक्रममा जाडिएको ग्लोबल कर्पोरेसन पर डेभोलोपमेन्टका फिल्ड सुपरभाईजर सुवेदी जानकारी दिनु भयो ।
आईतवार वेदकोट नगरपालिका वडा नम्वर ९ मा रहेको उदयदेव मावी सुन्दरपुर, वडा नम्वर ५ मा रहेको सरस्वती मावी धरमपुर, र वडा नम्वर ७ मा रहेको जनता मावीमा ३ सय वालवालिका न्यानो लुगा वितरण उहाँले बताउनु भयो । वेदकोट नगरपालिका वडा नम्वर ९ मा रहेको उदयदेव मावी सुन्दरपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर रोकायले सहयोगी संस्था, पालिका वडा कार्यालयलाई सहयोग समन्वय गरेर आफनो पालिकामा रहेका विपन्न, गरिव, दलित आरक्ष पिडितका वालवालिकाहरुलाई न्यानो लुगा प्रदान गरिएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
आफनो विद्यालयमा रहेका करिव १ सय जना विपन्न दलित जनजजाती वालवालिकाहरुलाई न्यानो लुगा सहयोग गरिएको बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले चाईना फाउन्डेसनसंगको समन्वयमा विपन्न, गरिव दलित जनजाती विद्यार्थीहरुलाई छनौट गरेर पालिकामा ३ सय वालवालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको जानकारी गराउनु भयो ।
पालिकामा २२ वटा सामुदायिक विद्यालय रहेपनि बिभिन्न मापदण्डमा आधारीत रहेर छलफल गर्दा ३ वटा सामुदायिक विद्यालयहरु छनौटमा परेको भएर नै अहिले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम प्रदेश सभा सदस्य माननिय बहादुर सिंह थापाले सामुदायिक विद्यालयमा सरकारले प्रयाप्त मात्रामा लगानी गर्न नसकेको बताउनु भयो ।
सामुदायिक विद्यालयमा गरिब पछाडी पारिएका समुदाय दलित जनजातीका वालवालिकाहरु अध्ययन गर्न आउने हुँदा उनिहरुको सहजताका लागी बिभिन्न संघरसंस्थाले गरेको सहयोग सराहनिय रहेको बताउनु भयो । सामुदायिक विद्यालयहरुमा पनि निजी विद्यालयको जस्तै गरि अंग्रेजी माध्यमबाट अध्यापन गराउने व्यवस्था लागु हुनुपर्ने बताउनु भयो ।
साथै गैर सरकारी संस्थाहरुले सामुदायिक विद्यालयमा गरिरहेका बिभिन्न कार्यक्रमले विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपले कमजोर भएका विद्यार्थीहरुलाई सहज हुने बताउनु भयो ।
Comments are closed.