भीनपा १८ द्धारा वैज्ञानिक महावीर पुनलाई स्वागत एवम सम्मान

महेन्द्रनगर । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुन अहिले किताब बेच्न कञ्चनपुर पुगेका छन् । सोमवार भीमदत्त नगरपालिकाको वडा नम्वर १८ ले उनलाई स्वागत तथा सम्मान गरेको छ । अध्यक्ष पुन आफ्नो जीवनीमा आधारित ‘सम्झना, सपना र अविरल यात्रा’ नामक किताब बेच्ने क्रममा देशका बिभिन्न जिल्ला घुम्दै आईतवार वेलुकी कञ्चनपुर पुगेका थिए ।

भीमदत्त नगरपालिकामा पुगेका उनलाई अन्य कुनै पनि वडा स्वागत नगरेको अवस्थामा वडा नम्वर १८ ले आफनै वडा कार्यालयमा उनलाईएक कार्यक्रमको आयोजना गर्दे सम्मान गरेको वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले जानकारी दिएका छन् । वडा कार्यालयले समन गरेको प्रती खुसी व्यक्त गर्दै उनले सबैलाई आफनो किताव किनेर वीरगन्ज स्थित कृषि कारखाना सञ्चालन गर्ने रकम जुटाउनमा सहयोग गर्न आग्रह गरे ।

३ लाख प्रति किताब बेच्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब ३५ हजार बढी बिक्रि भइसकेको उनले बताए । लक्ष्य अनुसार किताब बिक्री भएमा करिब १६ करोड आम्दानी हुने अनुमान छ । राष्ट्रिय आविष्कार केन्द्रले एक करोड २५ लाख खर्च गरेर बन्द रहेको कारखानामा रहेका ८० प्रतिशत मेसिन १० महिना लगाएर चल्ने बनाएको पुनले बताए ।

१० बिघा क्षेत्रफलमा फैलिएको कारखाना सञ्चालनमा ल्याउन १५ देखि २० करोड आवश्यक पर्ने भएकाले अभियान सञ्चालन गरेको उनले बताए ।

 

सम्बन्धित

Comments are closed.