भीनपा ५ मा आँखा शिविरबाट ३८८ जनाले पाए सेवा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ५ मा आँखा शिविर सम्पन्न गरिएको छ । मंगलवार वडा कार्यालयमा आयोजना गरिएको आँखा शिविरबाट ३ सय ८८ जनाले सेवा पाएका छन् । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा सिविर सम्पन्न भएको हो ।

पेसवानका सदस्य दमन चन्दका अनुसार ५४ जनाको आँखाको शल्यक्रिया गरिने माघ २४ गते धनगढी लैजाने उनले बताए । उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् । साथै उक्त शिविरमा १ सय ३३ जनालाई निशुल्क चश्मा पनि प्रदान गरिएको छ । आफनै वडामा आँखाको उपचार पाएपछि स्थानियहरुले खुसी व्यक्त गरेका छन् ।

स्थानिय गंगा दमाईले आँखामा समस्या भएको बताउँदै उपचार पछि निको भएको बताईन् । आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताईन् । उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताईन् । यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेका ७० वर्षका गणेश विकले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताए ।

उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको जानकारी दिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदमराज अवश्थीले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए ।

साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरे । संस्थाका सदस्य दमन चन्दले माघ २४ गते वडा नं.१० को जिमुवा स्वस्थ्य चौकी र हरियाली कृषक बहुउद्देश्यीय सहकारीको प्राङ्गणमा आँखा शिविरको आयोजना गरिने बताए । साथै उनले, माघ भित्र सबै वडामा आँखा शिविर संचालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

सम्बन्धित

Comments are closed.