कञ्चनपुरमा पालिकाबाट श्रम स्वीकृति पाएपछि युवाहरु हर्षित

महेन्द्रनगर । कञ्चनपुरमा पालिकाबाट श्रम स्वीकृति दिन थालिएको छ। जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाले हिजो बुधवारबाट श्रम स्वीकृति दिन थालेको छ ।गाउँपालिका अध्यक्ष निर्मल रानाले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गरेका हुन् ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम स्वीकृत दिने निर्णय अनुसार बुधवारबाट लालझाडी गाउँपालिकाले समेत श्रम स्वीकृति दिन थालेको अध्यक्षका स्वकीय सचिव अम्मर सिंह धामीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बुधवार लालझडी गाउँपालिका बाट सुरेश रानालाई पहिलो श्रम स्वीकृतिको निस्सा दिएर सुरुवात गरिएको जनाए । आफ्नै गाउँबाट श्रम स्वीकृत पाउने भएपछि युवाहरु हर्षित भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.