महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा न्यायिक समिति र मेलमिलापकर्ताहरु विच अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पालिकाका १० वटा वडामा २०८० असारदेखी माघसम्म भएका विभिन्न विवाद, समस्याहरुलाई न्यायिक समितीले कसरी हेरेको छ, कती विवाद समस्याहरु फर्छयौट गरेको छ, के समस्या रहे भन्ने विषयमा छलफल गरिएको छ ।
वेदकोट नगरपालिकाका न्यायिक समितिको उजुरी प्रशासक अधिकृत अमर महराले प्रत्येक वडामा रहेका मेलमिलाप केन्द्रमा के कस्ता काम भए ? समस्या चुनौती विवादको समाधान के कती भए ? भन्ने विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै आगमी दिनमा कसरी सजह तवरले सेवाप्रवाह गर्न सकिन्छ भन्ने उदेश्य पनि रहेको उहाँले जानकारी दिनु भयो ।
स्थानिय स्तरमा रहेका सामान्य किसिमका विवादमा बाटोघाटो, सिमा कुलो विवाद, गाली गलौच, कुटपिट, पसल तोडफोड लगायतका विवादमा कती विवादलाई समाधान गरियो र कती विवाद समाधान हुन सकेन भनेर पनि जानकारी गराईएको उहाँले बताउनु भयो । वेदकोट नगरपालिका ५ का मेलमिलाप केन्द्र संयोजक तिलकराम विश्वकर्माले आफुहरुलाई फेरी पनि तालिमको व्यवस्था हुनुपर्ने र आफनो परिचय पत्रहरु पनि हुनपर्ने र पहिले लिएका तालिमहरुले धेरै सहजता भएको र अब फेरी पुर्नताजगीका लागी तालिमको व्यवस्था भयो भने सहज हुने आग्रह गनुृ भयो ।
न्यायिक समिती संयोजक एवम वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले पालिकामा न्यायिक समितद्धिारा मेलमिलाप केन्द्र खोलिएको र यसले गर्दा समुदायमा भएका विवादलाई समाधान गर्ने सम्बन्धलाई अझै प्रगाढ बनाएर लैजाने बताउनु भयो । समुदायमा देखिएका समस्याहरुलाई समुदायमा नै समाधान गर्ने व्यवस्था रहेको अति महत्वपुर्ण बिधि रहेको र ८ दिनसम्मको तालिम लिए पश्चात दक्ष मेलमिलापकर्ताले समुदायमा काम गर्ने र विवादलाई जित जितको अवधारणामा रहेर सम्बन्धलाई स्थापित गर्ने बताउनु भयो ।
साथै अहिले विवाद आउँदा छलफल गर्नका लागी स्थानहरु गोप्य हुनुपर्ने, भौतिक संरचनाको निर्माण गर्न सके अझै न्यायको क्षेत्रमा कार्य सम्पादन गर्न सहज हुने उहाँले बताउनु भयो । यो संगै अहिले वेदकोट नगरपालिकामा मेलमिलाप कक्ष अर्थात ईजालसको व्वस्थापन गरिएको भएको भएपनि वडामा मेलमिलाप कक्षको अभाव देखिएको छ ।
साथै संस्थाबाट मेलमिलापको तालिम लिएका पुराना मेलमिलापकर्ताहरुलाई पुर्नताजगीको तालिम दिन सके जनशक्तीलाई तदारुकताका साथ काम गर्न सजिलो हुने भएकाले यो विषयमा पालिकाले निकट भविश्यमा आवस्यक बजेटको व्यवस्थापन गरी समस्याको समाधान गर्ने उपप्रमुख जोशीको भनाई रहेको छ । यस्तै वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले मेलमिलकापकर्ताले अहिले पालिकामा उदारहणिय कार्य गरेको बताउनु भयो ।
उपप्रमुख जोशीको सक्रियताले गर्दा पालिकाको वडामा हुने गरेका विवादको अहिले वडामा नै समाधान हुँदा विगतमा प्रहरी अदालतमा जाने विवाद पनि समाधान हुँदा आर्थिक पनि जोगिएको र सामाजिक सदभाव पनि मिलेको अवस्था रहेको बताउनु भयो । जिल्लामा न्यायिक समिती र मेलमिलापको विषयमा कुरा गर्ने हो भने वेदकोट नगरपालिका अग्रपंक्तीमा रहेको पाईएको उहाँले जानकारी दिनु भयो ।
र आगामी दिनहरुमा देखिएका बिभिन्न समस्या चुनौतीहरुलाई व्यवस्थापन गर्ने गरी अझै गुणस्तरिय सेवा प्रदान कसरी दिन सकिन्छ भनेर पालिकाले कार्यपालिका सदस्यहरुसंग छलफल गरी कामलाई अगाढी बढाउने प्रतिवद्धता गर्नु भयो ।