महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाँउमा रहेको श्रि महाकाली बाल विद्यालय ईङगलिस सेकेन्डरी स्कुल सामुदायिक विद्यालयले वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । शनिवार आफनो ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको हो । २०४८ सालमा स्थापना भई बिभिन्न आरोहअवरोह पार गर्दै यो अवस्थामा संचालन गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष यज्ञराज चटौतले जानकारी दिनु भयो ।
अहिले पनि विद्यालयमा विभिन्न समस्याहरु रहेको र बिभिन्न संरचना निर्माण गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । साथै अहिले १९ वटा भवन कोठा दुवै तर्फ घेरपर्खाल भएको भएपनि अन्य दुई क्षेत्रको लागी घरेपर्खाल हाल्नु पर्ने र सिसिटिभी क्यामेरा पनि जडान गर्न अति आवस्यक रहेको बताउनु भयो । साथे उहाँले यो विद्यालय संचालन गर्नमा साथ र सहयोग गर्नुहुने अभिभावकहरु, पूर्व विद्यार्थीहरु, वडा कार्यालय, समाजसेवी वुद्धिजिवीहरु सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो ।
यस्तै विद्यालयका प्रधानाध्यापक हर्कबहादुर जाग्रीले यो कार्यक्रम र विद्यालय संचालन गर्नुहुने सबैलाई धन्यवाद तथा आधार व्यक्त गर्नु भयो । विगतका दिनमा जसरी सबैले साथ र सहयोग गर्नु भएको छ, त्यसरी नै आगामी दिनमा पनि साथ र सहयोग गर्नुहुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनु भयो । अहिले उक्त विद्यालयमा ३ सय ३० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी पुर्व आर्थिक मामला मन्त्री प्रदेश सभा सदस्य माननिय प्रकाश रावलले विद्यालयमा देखिएका बिभिन्न समस्याहरु भौतिक संरचनाहरु निर्माण गर्नमा आफुले सक्दो पहल गर्ने र सहयोग गर्ने बताउनु भयो । उहाँले विद्यालयको भौगोलिक र वातावरण अत्यन्तै महत्वपुर्ण क्षेत्रमा रहेको बताउँदै यो विद्यालयले बिभिन्न गौरब गर्नुपर्ने विद्यार्थीहरु जन्माएर अगाढी बढाएको बताउनु भयो ।
गुँठीबाट संचालनमा रहेर विभिन्न समस्या चुनौती आरोहअवरोह लाई पार गरेर यो अवस्थामा ल्याउनु हुने विद्यालय व्यवस्थापन समिति, कर्मचारीहरु अभिभावकहरु सहयोगी हातहरु सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
विद्यार्थीहरुले बिभिन्न साँस्कृतिक प्रस्तुती, गित गजलहरु प्रस्तुत गरेका थिए । यस्तै विद्यालयलाई सहयोग गर्ने व्यक्तित्वहरु उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो ।
Comments are closed.