वेदकोट तालमा हुने मेला लक्षित गर्दै ताल परिसरमा सरसफाई

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको वेदकोट ताल परिसरलाई सरसफाई गरिएको छ । वेदकोट नगरपालिका ३ मा रहेको धार्मिक पर्यटकिय स्थलमा शनिवार स्थानियहरु,वेदकोट संरक्षण सम्बद्र्धन समितिसका सदस्यहरुले उक्त क्षेत्रमा रहेका फोहरहरुलाई सरसफाई गरी व्यवस्थापन गरेका छन् ।

फागुन ६ गतदेखी उक्त क्षेत्रमा मेला लाग्ने भएपछि अहिले वेदकोट ताल परिसरमा सरसफाई गरिएको वेदकोट संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष उदयसिह विष्टले बताउनु भयो । मेलामा सुदूरपश्चिम लगायत भारतबा बिभिन्न क्षेत्रबाट धर्मालम्वीहरु आउने भएपछि अहिले परिसर सरसफाई उज्यालोको लागी विजुली बत्ती, खानेपानी लगायत को व्यवस्थापन गरिरहेको उहाँले बताउनु भयो ।

साथै उहाँले वेदकोट नगरवासी समाजसेवी, वुद्धिजिवी सम्पुर्णलाई उक्त क्षेत्रमा आएर साथ र सहयोग गरिदिन आग्रह गर्नु भयो । यो धार्मिक क्षेत्र पर्यटकिय क्षेत्र सबको साझा सम्पत्ती रहेको हुँदा सबैले आएर यसको सम्वद्र्धन संरक्षणमा साथ दिन आग्रह गर्नु भयो । साथै उहाँले स्कन्द पुराणमा छैटौ सताब्दी देखी नै पौराणिक धाम रहेको हुँदा आश्थावान सम्पुर्ण धर्मालम्वीहरलाई आएर सहयोग गरिदिन निमन्त्रणा दिनु भयो ।

चुरे पर्वतसँगै रहेको वेदकोट ताल पछिल्लो समय पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा विकशित भइरहेको छ । धार्मिक आस्थाका हिसाबले पनि वेदकोट ताल महत्वपूर्ण मानिने भएकाले यहाँ घुम्म आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । पहाडकोबीच भागमा रहेको ताल वरिपरि रहेका मन्दिर र हरिया डाँडाले झन तालको सौन्र्दय बढाएको छ ।

कैलाली, कञ्चनपुरमा गर्मी हुन थालेपछि पर्यटकहरु गर्मी छल्न पनि यहाँ पुग्ने गरेका छन् । चारैतिर हरियाली वनजंगल, कञ्चन पानी, पानीमा देखिने बादल, वनजंगल लगायतको सुन्दर छाँया, मनोरम दृश्य रहेको छ । कञ्चनपुरको आकर्षक पर्यटकीय स्थल वदेकोटको विशेषता हो । चुरे पर्वतको फेदीमा रहेको उक्त तालको सौन्दर्य र महत्व शब्दको बयानले मात्र प्रकट गर्न सकिँदैन । यहाँ पुग्ने जो कोही पर्यटक यस्तै अनुभव गर्छन् । जिल्लाको धार्मिक क्षेत्र समेत रहेको वेदकोट ताल पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

यस क्षेत्रमा आउने आन्तरिक पर्यटकहरू बढ्दै गएका छन् । स्थानीय सरकारले भौतिक संरचना निर्माणका साथै प्रचारप्रसारमा प्राथमिकता दिएपछि तालको भ्रणम गर्ने पर्यटकको आगमन बढेको हो । अहिले दैनिक सयौं आन्तरिक पर्यटकले वेदकोट तालको अवलोकन गर्ने गरेको पाईन्छ । पूर्व–पश्चिम राजमार्गको दैजीबाट ११ किलोमिटर उत्तरमा पर्ने उक्त वेदकोट ताल भ्रमणका लागि कञ्चनपुर र कैलालीका अधिकांश पर्यटक यहाँ आउने गर्दछन् ।

पर्यटकीय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटकीय क्षेत्रबारे जानकारी दिन सूचना केन्द्र, प्रवेशद्वार, पिकनिक स्पट निर्माण र दृश्यावलोकनका लागि भ्यू टावरको निर्माण गरिएपछि वेदकोट पर्यटक आकर्षक गन्तव्य बनेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.