महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसनधान आयोग कञ्चनपुरले ३३ औं स्थापना दिवस आइतवार मनाएको छ । सुधारौ सोच संस्कार र व्यवहार नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने मुल नाराका साथ अख्तियार दुरुपयोग अनुसनधान आयोग कञ्चनपुरले ३३ औं स्थापना दिवस आइतवार मनाएको हो ।
सुदुरपश्चिमको कञ्चनपुर कार्यालयमा ६२ जना विभिन्न सेवा समुहका कर्मचारीहरु कार्यरत रहेर सुदुर प्रदेशका ९ वटै जिल्लामा भ्रष्टाचार जन्य क्रियाकलापहरुको छानविन उजुरी लगायतका काम गरिहेको र अख्तियार दुरुपयोग अनुसनधान आयोगले चार ओटा रणनिति अवलम्वन गरेर अगाडी बढीरहेको अवस्था छ ।
ति रणनितिमा भ्रष्टाचार हुनै नदिने निरोधात्मक उपायहरु, भ्रष्टाचार भैसकेपछि गर्ने उपचारात्मक उपायहरु भ्रष्टाचारका सम्वन्धमा प्रचारप्रसार गर्ने प्रबधानात्मक उपायहरु र क्षमता विकास सम्वन्धी चार वटा रणनितिका साथ कामकाजहरु अगाडी बढाइ रहेको अख्तियार दुरुपयोग अनुसनधान आयोग कञ्चनपुरका कार्यालयका प्रमुख रमेश कुमार केसी ले प्रष्ट पारेका छन् ।
यसै गरि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अख्तियार कर्मचारीहरुको लागी दुविधा र द्धान्द्ध पनि हने गरेको बताउदै अख्तियारले थोरै त्रास भएको कारणले कानूनलाइ फलो गर्नलाइृ अवसर पाएको बताएका छन् । स्थापना दिवसमा प्रमुख अतिथि माननिय प्रदेश प्रमुख रहेका थिए , विशेष अतिथि माननिय मुख्य मन्त्री कमल शाहा, लोक सेवा आयोगका माननिय अध्यक्ष निति योजनाका उपाध्यक्ष,कार्यालय सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख सचिव, डा हरि लम्साल रहेका थिए ।
अतिथिमा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी रहेका थिए लगायत पत्रकार महासंघको कार्य समितिका पत्रकारहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा आयोजित प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा क्रमशह तेस्रो स्थान दोस्रो स्थान र प्रथम स्थान ल्याई पुरुस्कृत हुनेमा लटीनाथ मावि मार्माकी छात्रा सुजाता जोशी बेदकोट नपा स्थित घटाल माविकी छात्रा अन्जु पनेर दुर्गा मावि अत्तरियाकी नितिका अवस्थी रहेका छन् ।