कञ्चनपुरका पत्रकार भट्ट र कुँवरलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

महेन्द्रनगर । कञ्चनपुरमा विद्युतीय अपराध अभियोगमा पक्राउ परेका पत्रकारद्वयलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराध साइबर क्राइमको मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो । प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेशागत संगठनले विरोध जनाएका थिए ।
उनीहरूलाई तत्काल रिहा गर्न माग गरेका थिए तर कञ्चनपुर प्रहरीले भने सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको बताउँदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.