भारतबाट आउने अबैध कुखुराले गर्दा व्यवसाय नै परिवर्तन, व्यवसायी मर्कामा

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय भारतबाट अबैध रुपमा आउने गरेको बोईलर कुखुराले गर्दा स्थानिय कुखुरा व्यवसायीहरुलाई समस्या भएको छ । माघ २५ गते बेलौरी नगरपालिका–१ भुपु सैनिक टोलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २१ हजार मूल्यका ७० किलो बोईलर कुखुरा बरामद गरियो ।

माघ २२ गते बेलौरी नगरपालिका–२ को टेडुवापुरस्थित दिनापुरमा भारतबाट भन्सार छली ल्याइरहेको अवस्थामा प्रहरीले करीब तीन सय किलो अवैध कुखुरा बरामद गरियो । माघ २४ गते बेलौरी नगरपालिका–१ फटैया नाकामा भारतबाट अवैध रूपमा ल्याइएको डेढ क्विन्टल (१५० किलो) ब्रोइलर कुखुरा बरामद गरियो । यसरी धमाधम भारतका नाकाबाट अबैध रुपमा आउने गरेका कुखुराहरुले नेपालमा व्यवसायीहरु मारमा परेका छन् ।

लाखौ रुपैया रिण निकालेर कुखुरा व्यवसाय गरिरहेका व्यवसायीहरु भारतबाट आउने अबैध कुखुराले गर्दा आफनो व्यवसाय नै परिवर्तन गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । कुखुरा व्यवसायीहरुले लगानी गरेर नेपालमा कुखुरा व्यवसायी संचालन गरेको भएपनि अहलिे आफनो लगानी पनि उठाउन धौधौ भएको र कतिपय कुखुरा व्यवसायीहरुले आफनो पेशा नै परिवर्तन गर्नु परेको कञ्चनपुर वेदकोट नगरपालिका ५ लटिनाथ पोल्ट्री फर्मका संचालक टंक प्रशाद जोशीले बताए ।

उनले भने, “लगानी गरेर के गर्ने कुखुरा बेच्न जाँदा भाउ कम छ भनेर कुखुरा खरिदकर्ताले भन्दा सारै नमज्जा लाग्छ, दुखकष्ट लगानी गरेर कुखुरा हुर्कायो बेच्न लग्दा आम्दानी नै हुँदैन लगानी गरेर के गर्ने” सिमानाकामा सुरक्षा निकाय रहेको भएपनि कसरी नेपालमा भारतबाट अबैध कुखुरा भित्रिन्छ ? भनेर आफैलाई प्रश्न गर्न मन लाग्ने उनले बताए । यो अबैध रुपमा भारतबाट आउने कुखुराहरु जबसम्म रोकिदैन तब सम्म आफु जस्तै अन्य व्यवसायीहरुले आफनो पेशा नै परिवर्तन गर्ने अवस्थामा रहने बताए ।

आफुसंगै कुखुरा व्यवसाय संचालन गरेका कतिपय साथीहरुले आफनो कुखुराको खोर नै भत्काएर अर्थात आफनो पेशा नै परिवर्तन गरेको अवस्था आफुले देखेको उनले बताए । आफनै देशमा केही गरौ भनेर काम गर्ने वातावण पनि नबनेपछि आफुले पनि आफनो पेशाा परिवर्तन गर्नु पर्ने बाध्यता रहेको कुखुरा व्यवसायी टंकले बताए ।

सम्बन्धित

Comments are closed.