समाजसेवी विनय प्रकाश मल्लद्धारा उपचारका लागी १५ हजार सहयोग

महेन्द्रनगर । समाजसेवी विनय प्रकाश मल्लले स्वास्थ्य उपचार गर्नका लागी अमरगढी नगरपालिका ५ मा बस्ने वर्ष ३० की सुमन तोलाङीलाई आर्थिक सहयोग गरेका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचार गर्न समाजसेवी मल्लले नगद १५ हजार सहयोग गरेका हुन् । हाल उनको उपचार नेपालगञ्जमा चलिरहेको छ । बिरामी सुमनका मामा प्रकाश बयलकोटीले आर्थिक अवस्था कमजोर रहेकी सुमनलाई उपचार गर्न समस्या भएकापछि आफुले समाजसेवी मल्ललाई जानकारी दिएको बताए ।

उनले जानकारी पाउँना साथ अहिले नगद १५ हजार सहयोग गरेको जानकारी दिए । उनले यो दुखको बेलामा सहयोग गरेको प्रती धन्यवाद व्यक्त गरेका छन् । उनले यसरी नै डडेल्धुराका लागी समाजसेवी मल्लले सहयोग गर्ने हो भने कोही पनि दुखी पिडामा नरहने बताए । डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए ।

हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् । साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।

सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याज वाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन ।

 

सम्बन्धित

Comments are closed.