यसरी मुहार फेर्दै छ भीम वाटिकाले

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको भीम वाटिकाले राम्रो संरक्षण पाएपछि अहिले आफनो मुहार सौन्दर्यमा परिवर्तन गर्ने मौका पाएको छ । केही समय पहिले फोहोर, झाडी र जंगलले छोपिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित भीम बाटिकाले विस्तारै मुहार फेरिरहेको स्थानियहरुले बताएका छन् । महेन्द्रनगर बजारको मुटुमा रहेको एक मात्रै पार्क एवम् भीम बाटिका उचित व्यवस्थापन पाएपछि अहिले जीर्ण बन्दै गएको वाटिकाले मुहार पेर्ने अवसर पाएको छ ।

अहिले पार्कमा सफा कुर्ची, फुलहरु, पानीको फोहरा लगायत व्यवस्थापन भएपछि पार्कमा दैनिक २ सय देखी ४ सय जनाले अवलोकन गरिरहेका छन् । हाल भीमदत्त नगरपालिकामा नयाँ नेतृत्व आएबाटै भीम बाटिकालाई सिंगारन थालिएको छ । भीमदत्त नगरपालिकाले पार्कभित्र रंगरोगन, ठूला रूखहरू, झाडी, फोहोर सफाइ, शौचालय तथा अन्य संरचना मर्मत, फूलबारी, घाँसे चौर बनाइरहेको छ । भीमदत्त नगरपालिका ४ का किसन चन्दले अहिले पार्कमा पारिवारिक वातावरण भएको र घुम्न आउनका लागी पनि राम्रो भएको बताए ।

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले संरक्षण गर्नका लागी अहिले बिभिन्न संस्था, समाजसेवी, स्थानिय, पार्क समितिले गरेको सहयोगले गर्दा पार्कमा बिभिन्न कामहरु भईरहेको बताए । साथै आगामी दिनमा पनि वडाले भीमदत्त नगरपालिकाले पनि बजेट विनियोजन गरेको भएर यसको विकासका लागी संरक्षणका लागी सबैले आआफनो स्थानबाट साथ र सहयोग गर्नुपर्ने बताए ।

भीमदत्त वाटिका संरक्षण समितिका अध्यक्ष प्रशान्त भट्टले आफुहरुले यसको जिममा लिएपछि यसलाई संरक्षण गर्न यसको सौन्दर्यलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर बिभिन्न संस्थाहरुसंगको समन्वयमा काम भईरहेको बताए । साथै आगामी दिनमा पार्क भित्र वालवालिकाहरका लागी खेलकुदका सामग्री, सेल्फी प्वाईन्ट, पिङहरु हालेर अझ पारिवारिक वातावरण निर्माण गरी काम हुने बताए ।

स्थानिय विष्णु प्रशाद कँडेलले २०४३ सालदेखी स्थापना भएको यो सम्पदाको विगतमा जसरी संरक्षण विकास हुनुपर्ने थियो त्यो नभएको अवस्थामा अहिले आउको यो समितिले राम्रो काम गरिरहेको बताए । अहिले पनि स्थानिय सरकारले संकल्प गरेर चासो देखाएर लाग्ने हो भने यसले आन्तरिक बाह्य पर्यटकहरुलाई पनि भित्राउने माध्यम हुन सक्ने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.