वेदकोट सुडामा रहेको घटाल मावीको ६४ औँ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ सुडामा रहेको श्रि घटाल मावीले आफनो ६४ औँ वार्षिकोत्सव र अभिभावक दिवस सम्पन्न गरेको छ । बुधवार आफनो विद्यालयको प्राङगणमा बिभिन्न कार्यक्रम गरी आफनो वार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको हो । विद्यालयले वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश नेपालीले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी व्यवस्थापन समितिले अनुभवी शिक्षकहरुलाई उचित व्यवस्थापन गर्ने, भौतिक संरचनाको व्यवस्थापन संगै विद्यालयमा शिक्षाको स्तरलाई अगाढी बढाउनका लागी लागी परिरहेको बताए । साथै आफनो विद्यालयमा वर्षातको समयमा बढी समस्या हुने भएकाले पानी निकासको समस्या रहेको पनि बताए ।

साथै नर्ससरी देखी १० कक्षा सम्म अंग्रेजी माध्यमबाट अध्यापन भईरहेको बेलामा विद्यार्थीहरुलाई राख्नका लागी पनि भवनको अभाव रहेको बताए । विद्यालयका प्राचार्य कृष्ण भण्डारीले विद्यालयमा अहिले ६ भवनमा २ सय बढी विद्यार्थीहरुले अध्यापन गर्न आउने बताए । साथै उनले विद्यार्थीहरुको अध्ययनलाई अझ राम्रो बनाउनका लागी समिती शिक्षक शिक्षीकाहरु सबै लागी परेको बताए ।

साथै अहिले अंग्रेजी माध्यमबाट अध्ययन गराई रहँदा पुराना शिक्षक शिक्षिकाहरुलाई अली समस्या भएको जानकारी दिए । कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले सर्बगुण सम्पन्न भएपनि जो संग विद्या छैन उ मानिस अपुरो हुने सफलता नमिल्ने बताईन् । उनले अहिलेको युगमा विद्या धनमः सर्वधनमः भएको हुँदा विद्या नभएको ज्ञान नभएको पुष्पमा सुगन्ध नभएको जस्तै हुने बताईन् ।

साथै उनले शिक्षाले नै अध्यारोलाई उज्यालोमा परिणत गर्ने एक मात्रै विद्या हो, गुरुको ज्ञान सुनेर आफनो भविश्य निर्माण गर्ने राष्ट हाक्ने नेतृत्व गर्ने भनेका विधार्थीहरु रहेको भएर आफनो सिप कला अनुसानमा रहेर ञान आर्जन गर्न आग्रह गरिन् । कार्यक्रमका बिशिष्ट अतिथी नगरप्रमुख भोजराज बोहराले अहिलेको युगमा जसरीसंचारले फडको मारेको छ त्यसरी नै अहिलेका विद्यार्थीहरुले पनि आफुलाई अपडेट गर्नुपर्ने बताए ।

विद्यालयका लागी चाहिने आवस्यक पर्ने साथ र सहयोगका लागीपालिका सदैव साथमा रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गादत्त बोहराले अहिले सामुदायिक विद्यालयहरुले आफनो शिक्षाको गुणस्तरमा राम्रो प्रगती गरेको बताए । साथै उनले विद्यार्थीहरुले पनि आफना गुरुहरुले सिकाएका बिभिन्न कुराहरुलाई आफनो जिवनीमा लागु गर्नु पर्ने र आफनो जिवनलाई अगाढी बढाउनु पर्ने बताए ।

सम्बन्धित

Comments are closed.